सरकारी बोलपत्र बहिष्कार गर्ने निर्माण व्यवसायीको घोषणा
प्रकाशित मिति : २०७६, १७ जेष्ठ शुक्रबार १७:५४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं । सार्वजनिक खरिद नियमावली संशोधनबिरुद्ध आन्दोलित भएका निर्माण व्यवसायीहरुले सबै सरकारी बोलपत्र बहिष्कार गर्ने घोषणा गरेका छन् ।
Advertisement
निर्माण व्यवसायी महासंघको कार्यसमिति बैठकले सरकारी बोलपत्रमा ठेक्का आवेदन नगर्ने र सबै निर्माण व्यवसायीको इजाजत पत्र सरकारलाई बुझाउने निर्णय गरेको हो । महासंघमा आबद्ध निर्माण व्यवसायीले सरकारले आह्वान गरेको कुनै पनि बोलपत्रमा आवेदन नगर्ने महासघंका अध्यक्ष रबी सिंहले जानकारी दिनुभयो ।
देशभर सक्रिय रुपमा निर्माण व्यवसायमा संलग्न करिब २ हजार व्यवसायीको इजाजत पत्र सरकारलाई बुझाउन संकलन थालिएको अध्यक्ष सिंहले बताउनुभयो । आन्दोलनलाई थप शसक्त बनाउन महासंघले जेठ २२ गते महासंघको राष्ट्रिय भेला बोलाएको प्रवक्ताटंक चौलागाईले जानकारी दिनुभयो । महासंघमा करिब १५ हजारको संख्यामा निर्माण व्यवसायी आवद्ध छन् ।
सार्वजनिक खरिद ऐनकै कारण देश विकासमा बाधा परिरहेको भन्दै सरकारले छैटौं पटक ऐन संशोधन गरेको थियो । संशोधित ऐनका विभिन्न बुँदामा व्यवसायी असन्तुष्ट छन् ।