मिडिया काउन्सिल विधेयक फिर्ता हुँदैनः सञ्चार मन्त्री बास्कोटा
प्रकाशित मिति : २०७६, २६ जेष्ठ आईतवार १७:३८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज। सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले संसद्मा दर्ता भएको मिडिया काउन्सिल विधेयक फिर्ता नहुने स्पष्ट पार्नुभएको छ । नेपाल पत्रकार महासंघ बाँके शाखाले आइतरबार नेपालगञ्जमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले मिडिया काउन्सिल विधेयक नेपाली मिडिया र पत्रकारहरुको हितमा रहेको दाबी गर्दै फिर्ता नहुने स्पष्ट पार्नुभयो ।
Advertisement
पत्रकार महासंघले गरिरहेको आन्दोलनप्रति लक्षित गर्दै उहाँले विधेयकलाई अझ उत्कृष्ट र सर्वस्विकार्य बनाउन सदनमा आवश्यक छलफल गर्न सकिने बताउँदै सडकमा आन्दोलन गरेर कुनै अर्थ नहुने बताउनुभयो ।
सरकारका प्रबक्ता समेत रहनुभएका मन्त्री बास्कोटाले सरकार विकास निर्माणको काममा दत्तचित्त भएर लागेको बताउनुभयो । आगामी आर्थिक बर्षका लागि सरकारले ल्याएको बजेटले सबैलाई सम्बोधन गरेको बताउँदै उहाँले सामाजिक सुरक्षाका निम्ति सरकार प्रतिबद्ध रहेको कुरा बजेटले प्रष्ट पारेको उल्लेख गर्नुभयो ।
अबको यात्रा आर्थिक समृद्धि र विकासको भएकाले सरकारले ठूला परियोजनाहरुलाई प्राथमिकता दिएर काम गरिरहेको मन्त्री बास्कोटाले बताउनुभयो । पूर्व पश्चिम राजमार्गलाई सरकारले चार लेनको बनाउन गृहकार्य थालेको उहाँले जानकारी दिनुभयो ।
यसअघि सञ्चार मन्त्री बास्कोटाले आइतबार नै कोहलपुरस्थित गोरखापत्रको भवन निर्माण स्थलको अवलोकन गर्नुभएको थियो ।