करेन्ट लागेर मृत्यु भएपछि ५ लाख दिएर शब उठाइयो
प्रकाशित मिति : २०७६, २७ जेष्ठ सोमबार १७:५३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
सल्यान । करेन्ट लागेर मृत्यु भएपछि ५ लाख दिने सहमतिमा शब उठाइएको छ।सल्यानमा करेन्ट लागेर महिलोका मृत्यु भएपछि पाँच लाख क्षतिपुर्ती दिने सहमति भएको छ । बागचौर नगरपालिका वडा नं २ शेराचौरकी ३७ बर्षीया भूमी वलीको करेन्ट लागेर मृत्यु भएपछि विद्युत प्राधिकरण सल्यानले प्रचलित नियम अनुसार ५ लाख दिने सहमति भएको छ । उक्त सहमति पछि मात्रै आफन्तले शब उठाउन मानेका थिए ।
Advertisement
ईलाका प्रहरी कार्यालय थारमारेका प्रमुख एवं प्रहरी निरिक्षक लिलाभक्त बादेले सोमवार विहान घाँस काट्न भनि गएकी वलीको खेतमा करेन्ट लागेर मृत्यु भएको अवस्थामा शव फेला परेको बताए। शव फेला परेको स्थानमा नाङ्गो तार भुईसम्म लत्तिएको अवस्थामा फेला परेको स्थानीले बताएका छन् । वलीको विद्युत कार्यालयको कमजोरीका कारण करेन्ट लागेर मृत्यु भएको हुँदा क्षतिपुर्ती नपाउँदा सम्म शव नउठाउने मृतकका आफन्तले अडान लिएका थिए ।
त्यसपछि विद्युत प्राधिकरण र पीडित पक्षका बीचमा छलफल हुँदा पाँच लाख रुपैंया क्षतिपुर्ती बाफत उपलब्ध गराउने सहमति भएको थियो । त्यसपछि मात्रै स्थानीयले शव उठाउन दिएका थिए । मृतको शव पोष्ट मार्टमको लागि जिल्ला अस्पताल खलंगा पठाइएको प्रहरीले जानकारी दिएको छ ।