नेपालगन्जको वडा नं ४ मा बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण
प्रकाशित मिति : २०७६, २८ जेष्ठ मंगलवार १९:३२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । नेपालगन्जमा अति बिपन्न बर्गका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ स्थित खेल्दै सिक्ने केन्द्रमा आउने बिद्यार्थीहरुलाई आज शिक्षाका लागि चाहिने सामग्री वितरण गरिएको हो। नेपालगन्ज उपमहानगरपालिका र नेपालगन्ज वडा नम्बर ४ को संयुक्त सहयोगमा २८ जना बिद्यार्थीहरुलाई ब्याग, कापी- कलम र पोशाक वितरण गरेको नेपालगन्ज उपमहानगरपालिकाकी उप प्रमुख उमा थापा मगरले बताउनु भयो । उप प्रमुख मगरले यो कार्य धेरै उत्तम रहेकोले गर्दा यस्तो सहयोग पाँउदा बिद्यार्थी भाइबहिनीहरुलाई हौसला मिल्ने जानकारी दिनुभयो।
Advertisement
साथै उपप्रमुख मगरले भन्नुभयो,’ खेल्दै सिक्ने केन्द्रमा आउने बिद्यार्थीलाई यस्तो खाले सहयोगले भोलीका दिनमा स्कुल जान प्रेरित गर्ने छ।’ यो सहयोग निरन्तर रहिरहने र बिधालय जानबाट कोहिपनि बन्चित हुनु हुँदैन भन्ने कुरा मगरले बताउनु भयो।
बिद्यालय जान नसक्ने बिपन्न बर्गका धेरै बिद्यार्थीहरु यहाँ शिक्षा सिक्न आइरहेको अवस्थामा उनीहरुको सहयोगको लागी यो कार्य गरिएको नेपालगन्ज वडा नम्बर ४ का अध्यक्ष मो. सफिक बेहनाले बताउनु भयो। साथै, उहाका अनुसार यो कार्यले निरन्तरता पाउने छ। यस अघि पनि उक्त केन्द्रका बिद्यार्थीहरुलाई खाजा खर्च समेत प्रदान गरिदै आएको अध्यक्ष बेहनाले बताउनु भयो।आर्थिक स्तर तल परेका पढ्न खोज्ने बिद्यार्थीहरुलाई हामिले नहेरे कस्ले हेर्छ त ? अध्यक्ष बेहनाले भन्नुभयो।
नेपालगन्ज उपमहानगरपालिकाकी उप प्रमुख उमा थापा मगरको प्रमुख आथित्य र अध्यक्ष बेहनाको अध्यक्षतामा सम्पन्न भएको शैक्षिक सामग्री वितरण कार्यक्रममा कार्यपालिका सदस्य इन्दिरा शाही,वडा नम्बर ४ का सदस्य प्रताप सिंह सिजापती, मेनुका जोशी, जयपति कोरी, नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गोरख बहादुर थापा महिला तथा बालबालिका शाखा प्रमुख शोभा शाह, वडा सचिब राज कुमार कार्की लगायत उनेस्को क्लबका प्रतिनीधिहरुको सहभागिता रहेको थियो। कार्यक्रम खेल्दै सिक्ने केन्द्रमै सम्पन्न भएको थियो।