बाँकेमा आज बिहानदेखि परेको बर्षाले राहत महसुस
प्रकाशित मिति : २०७६, २९ जेष्ठ बुधबार ११:०७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । बाँकेमा आज बिहानदेखि परेको बर्षाले राहत महसुस भएको छ। गर्मीले गर्दा सास्ती खेपीरहेका बिशेष गरेर बाँकेेको नेपालगन्जका बासिन्दाहरुलाई आज बर्षाले शितलता दिएको छ। गर्मीयाममा दैनिकजसो ४२ डिग्री भन्दा माथी हुने तापक्रममा यहाँका बासिन्दाहरुले आज राहत महसुस गरेका छन् । ‘गर्मीले गर्दा बाँकेमा दैनिक जिबनी र कामकाजमा समेत प्रभावित गराउदै आएको छ, अत्याधिक गर्मीले गर्दा बाँकेका बिद्यालयहरु समेत बन्द गरिएको छ।आज परेको बर्षाले धेरै शितलता दिएको’ नेपालगन्जको प्रभात मेमोरियल स्कुलका प्रीन्सिपल बिक्रम राज बिष्टले बताए। कतिपय ब्यक्तिहरुले अब बर्षात सुरु भएको भन्न थालिसकेका छन् । यति मात्रै हैन आज बर्दिया लगायत देशभरीका विभिन्न स्थानहरुमा बिहानै देखि बर्षा भइरहेको छ।मकैबाली लगाउने समयमा पानी परेको भन्दै किसानहरुले आज आफूले सोचे जस्तो बर्षात भएपछि मकै लगाउने तरखरमा जुुट्नु पर्ने बाँकेेका किसानहरु बताउछन् । पानी परेपछि स्थानियहरुले गर्मीबाट आज छटकारा पाएका छन् । त्यस्तै खडेरी लम्बीदै जादा नेपालगन्जमा धेरै ठाउमा पानीको मूहान सुक्न थालेको थियो तर अब लगातर पानी पर्यो भने पानीको मुहान नि रसीलो हुने नेपालगन्ज वडा नम्बर ४ का अध्यक्ष मो. सफिक बेहनाले बताए। गर्मी बढ्दै गएका बेला मानीसहरु , जनावर र बोटबिरुवालाई राहत पुगेको छ ।
Advertisement