अच्युतराज सुवेदी स्मृति प्रतिष्ठानद्वारा नेपालगञ्जमा रक्तदान
प्रकाशित मिति : २०७६, २९ जेष्ठ बुधबार १२:२५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । अच्युतराज सुवेदी स्मृति प्रतिष्ठान नेपाल बाँकेले आज बृहत् रक्तदान कार्यक्रम गरिरहेको छ । भेरी अस्पताल हाताभित्र रहेको रेडक्रसको ब्लड बैंकमा विहान ८ बजेदेखि बृहत् रक्तदान कार्यक्रम भइरहेको प्रतिष्ठानकी सदस्य मालती शर्माले बताउनु
भयो ।
Advertisement
नेपालगञ्ज क्षेत्रमा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम आयोजना गरिएको बताउँदै शर्माले रक्तदान कार्यक्रम साँझ ५ बजेसम्म चल्ने भएकाले इच्छुकहरुलाई रगतदान गर्न आग्रह गर्नुभएको छ । प्रतिष्ठानले आजै अपरान्ह ४ बजे नेत्रहिन संघ बाँकेलाई ३ वटा ह्वील चेयर र २० वटा सेतो छडी उपलब्ध गराउन लागेको उहाँले जानकारी दिनुभयो ।
गत बैशाख १२ गते प्रतिष्ठानले नेपालगञ्जस्थित निलसागर विद्धाश्रमलाई २५ हजार ५ रुपैयाँ प्रदान गरेको थियो । २०७२ साल बैशाख १२ गते आएको विनाशकारी भूकम्पमा परी गम्भीर घाइते हुनुभएका नेपालगञ्जका युवा व्यवसायी अच्युतराज सुवेदीको २०७२ जेठ २९ गते उपचारका क्रममा निधन भएको थियो ।
सुवेदीकै स्मृतिमा प्रतिष्ठान गठन गरी विगत ४ बर्षदेखि अच्युतराज सुवेदी स्मृति प्रतिष्ठान सामाजिक सेवामा क्रियाशील रहेको छ ।