सुर्खेतमा एक पत्रकारको टिपरको ठक्करबाट मृत्यु
प्रकाशित मिति : २०७६, २९ जेष्ठ बुधबार १६:४६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
सुर्खेत ।सुर्खेतमा एक पत्रकारको दुर्घटनामा परि मृत्यु भएको छ। सुर्खेतको भेरीगंगा नगरपालिका ८ लोदेमा टिपरको ठक्करबाट नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सहसचिव नन्दबहादुर गेलाङ्गको आज मृत्यु भएको हो।
Advertisement
रुकुम पश्चिमबाट आइरहेको बा ५ ख १६८३ नम्बरको टिपरले छिन्चुदेखि मेहलकुनातर्फ जाँदै गरेका पत्रकार गेलाङ्ग सवार भे ८ प ७६०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय छिन्चुले जानकारी दिएको छ।
आफ्नो साइडमा गुडिरहेको मोटरसाइकललाई टिपरले ठक्कर दिएको र ठक्कर लगत्तै पुनः ब्याक गरेर किचेको हुनसक्ने प्रहरीको भनाइ छ। टिपर चालक भने फरार रहेको प्रहरीले जनाएको छ।
सुर्खेत पहिचान दैनिकका सम्पादकसमेत रहेका उनी पत्रिकाको काम विशेषले मेहलकुना जान लागेका थिए । सुर्खेतको लेकवेशी नगरपालिका–७ स्थायी घर भएका उनी विगत लामो समयदेखि वीरेन्द्रनगरमा बस्दै पत्रकारिता गरिरहेका थिए।