अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा वडा नं. ८ र २२ विजयी
प्रकाशित मिति : २०७६, २९ जेष्ठ बुधबार २०:१९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
सुनिल रेग्मी / नेपालगन्जमा जारी अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा वडा नं. ८र २२ विजयी भएका छन् । नेपालगन्जको मंगलप्रसाद उच्च माविको खेल मैदान बुधबार भएको प्रतियोगिताको पहिलो खेलमा वडा नं. ८ ले वडा नम्बर १० लाई १४ रनले पराजित गर्दै बिजयी भएको हो ।
Advertisement
खेलमा टस जितेर पहिला व्याटिङ गरेको वडा नं. ८ ले निर्धारित १५ ओभरमा ८ बिकेट गुमाउँदै १ सय ७५ रन बनाएको थियो । उसका लागि अफाक शेखले ७६ र कुवर सिंहले ५३ रनको पारी खेलेका थिए । १० का बलर सत्यन्द्र सिंहले ३ , सागर सिंह र कुसुम गुरुङले २ /२ बिकेट लिए ।
जवाफि व्याटिङगमा आएको वडा नं. १० ले १४ ओभर २ बलमा सबै बिकेट गुमाएर १ सय ६१ रन मात्र बनाउन सक्यो । उसका बिजय चौधरीले २३ बल ३ चौक्का र ८ छ्क्काको मद्दतले ६५ रन को पारी खेले पनि जित दिलाउन सकेनन् । १० का शेर ओलि ले ४६ रन बनाए । ८ का बलर र अफाक शेखले ४ नौसाद अन्सारीले ३, मनिष जैसवालले बिकेट लिए । खेलमा अफाख शेख म्यानअफ द म्याच घोषित भए ।
त्यस्तै दोस्रो खेलमा वडा न २२ बिजयी भयो । उसले वडा नम्बर १८ लाई ३३ रनले पराजित गर्यो । खेलमा पहिला व्याटिङ गरेको २२ ले निर्धारित १३ ओभरमा ७ बिकेट गुमाउदै १ सय २८ रन वनायो । उसका लागि रबिस बर्माले ५८,सुन्नी गोडिया ले २१ रनको पारी खेले । १८ का बलर अमन श्रेष्ठले ३ तथा निसान्त बुढाले २ बिकेट लिए । जबाफी व्याटिङमा आएको वडा नं १८ ले १३ ओभरमा ९५ रन मात्र बनाउन सक्यो । उसका लागि कुल दिप बर्माले २७,मनिश कुमार शर्माले १९ रन बनाउनु बाहेक अन्य ले राम्रो प्रदशन गर्न सकेनन् । २२ का बलर बिनोद साहुले ४ बिकेट लिए । खेलमा रबिस बर्मा म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगितामा बिहीवारको पहिलो खेलमा २ र ४ तथा दोस्रोमा १३ र १५ वडा बिच खेल हुने प्रतियोगिताका संयोजक तरुण बज्राचार्यले जानकारी दिए । प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार नगद प्राप्त गर्ने छ । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले मुख्य प्रायोजन, कैलपाल कलेजको सह प्रायोजन रहेको छ । नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय, वडा नं. ७, १०, ११ र १२ को आर्थिक सहयोगमा द ग्रुप अफ सिक्टिनले सो प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा खेलाडी तथा दर्शकले एक हातले बल क्याच गरेमा नगद १ हजार पुरस्कारको व्यवस्था गरिएको छ । अहिले सम्म १४ जनाले सो नगद पाएका छ्न । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले यसको व्यवस्था गरेको हो । त्यसै गरि खेल हेर्न आउने दर्शक मध्य प्रत्येक दिन१ जना लाई गोला प्रथाबाट फ्यान अफ द डे घोषणा गरि आकर्षक पुरस्कर दिइने छ । सो पुरस्कार पनि एक्सपर्टले नै प्रदान गरेको छ । सोमबार सो पुरस्कार नेपालगन्ज १३का सन्तोष पथिकले प्राप्त गरे ।