अन्तर वडा स्तरीय क्रिकेटमा सफिक बेहनाको वडा नं. ४ र १५ विजयी "वडा नम्बर ४ बाट सलिम मुसलमान र आकाशको उत्कृष्ट प्रदर्शन "
"वडा नम्बर ४ बाट सलिम मुसलमान र आकाशको उत्कृष्ट प्रदर्शन "
प्रकाशित मिति : २०७६, ३० जेष्ठ बिहीबार २०:४९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
सुनिल रेग्मी/नेपालगन्ज ।नेपालगन्जमा जारी अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा वडा नं. ४ र १५ विजयी भएका छन् । नेपालगन्जको मंगलप्रसाद उच्च माविको खेल मैदान बिहिवार भएको प्रतियोगिताको पहिलो खेलमा वडा नं. ४ ले वडा नम्बर २ लाई ५ बिकेटले पराजित गर्दै बिजयी भएको हो । खेलमा टस जितेर पहिला व्याटिङ गरेको वडा नं. २ ले निर्धारित १५ ओभरमा ६ बिकेट गुमाउँदै ९५ रन बनाएको थियो । उसका लागि अमर लाल श्रेष्ठले ४०,बिरेन्द्र कुमार गुप्ता१६ र रितेश सिंह १४ रनको पारी खेलेका थिए । ४ का बलर निजामुदिन हल्बाइले २,सुनिल भन्डारीले १ बिकेट लिए ।
Advertisement
जवाफि व्याटिङगमा आएकोवडा अध्यक्ष मो. सफिक बेहना आफै मैदानमा उत्रिएको वडा नं. ४ ले ६ ओभर ४ बलमै बिजयी लक्ष भेटायो । उसका लागि राष्ट्रिय क्रिकेट खेलाडी आकाश बिस्टले १७ बलमा ८ चौक्का र १ छ्क्काको मद्दतले ४३ रन को पारी खेले भने सुनिल भन्डारीले १० बलमा २५ र पुर्ब खेलाडी मो. सलिम मुसलमानले १२ रन बनाए । २ नम्बबरका बलर रितेश सिंह र रोहित सिंहले २/२ बिकेट लिए । खेलमा आकाश बिस्ट म्यानअफ द म्याच घोषित भए । अध्यक्ष बेहना भने ४ बल खेलेर २ रन बनाउदै आउट भए।
त्यस्तै दोस्रो खेलमा वडा न १५ बिजयी भयो । उसले वडा नम्बर १३ लाई ८ रनले पराजित गर्यो । खेलमा पहिला व्याटिङ गरेको १५ ले निर्धारित १५ ओभरमा ८ बिकेट गुमाउदै १ सय ८ रन वनायो । उसका लागि जिवल राइले ३४, गुरुचन सिंहले १९, नरेन्द्र सिंहले १४ रनको पारी खेले । १३ का बलर पवन केवटले ३ तथा प्रशान्त श्रेष्ठले २ र विशाल डाँगीले २ विकेट लिए । जबाफी व्याटिङमा आएको वडा नं १३ ले १५ ओभरमा सय रन मात्र बनाउन सक्यो ।
उसका लागि प्रताप शर्माले २८ र विशाल डाँगीले २१ रन बनाउनु बाहेक अन्य ले राम्रो प्रदशन गर्न सकेनन् । १५ का नरेन्द्र सिँहले ३ र जिवल राइले २ विकेट लिए । खेलमा नरेन्द्र सिँह म्यान अफ द म्याच घोषित भए । प्रतियोगितामा शुक्रबारको पहिलो खेलमा २३ र १९ तथा दोस्रोमा ३ र ११वडा बिच खेल हुने प्रतियोगिताका संयोजक तरुण बज्राचार्यले जानकारी दिए ।
प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार नगद प्राप्त गर्ने छ । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले मुख्य प्रायोजन, कैलपाल कलेजको सह प्रायोजन रहेको छ । नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय, वडा नं. ७, १०, ११ र १२ को आर्थिक सहयोगमा द ग्रुप अफ सिक्टिनले सो प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा खेलाडी तथा दर्शकले एक हातले बल क्याच गरेमा नगद १ हजार पुरस्कारको व्यवस्था गरिएको छ । अहिले सम्म १५ जनाले सो नगद पाएका छ्न ।
एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले यसको व्यवस्था गरेको हो। त्यसै गरि खेल हेर्न आउने दर्शक मध्य प्रत्येक दिन१ जना लाई गोला प्रथाबाट फ्यान अफ द डे घोषणा गरि आकर्षक पुरस्कर दिइने छ ।
यसबीच ग्री एसि र आयोजक द ग्रुप अफ सिक्टीन बिच प्रायोजक पत्रमा हस्ताक्षर भएको छ । आयोजक संस्थाका अध्यक्ष बिष्णु अर्याल र ग्री एसिका मार्केटिङ अफिसर रियाज अन्सारीबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सो पत्रमा गरि एसीको डिलर न्यू निजाम स्टोरले आयोजकलाई १ टन क्षमताको १ थान एसि उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख छ । सो पुरस्कार म्यान अफ द सिरिजहुने खेलाडीले पाउने छन भने यस अघि पनि बिबि साइकलले म्यान अफ द सिरीजलाई गेर वाला साइकल उपलब्ध गराउने घोषणा गरेको छ।