अन्तर वडा स्तरीय क्रिकेटको सेमिफाइनल समिकरण पूरा,आइतवार दूई सेमिफाईनलको खेल हुदैँ
प्रकाशित मिति : २०७६, ३२ जेष्ठ शनिबार १८:५९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
सुनिल रेग्मी / नेपालगन्जमा जारी अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा वडा नं. २२,८र सेमिफाइनलमा प्रबेश गरेका छन् । नेपालगन्जको मंगलप्रसाद उच्च माविको खेल मैदान शनिबार भएको प्रतियोगिताको पहिलो खेलमा वडा नं. २२ ले वडा नम्बर १२ लाई ७ विकेटले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । खेलमा टस जितेर पहिला व्याटिङ गरेको वडा नं. १२ ले खराब व्याटिग गर्दै ११ ओभर ५ वलमा अल आउट मात्र ६४ रन बनाउन सक्यो । उसका लागि सुनिल खड्काले १६,कैलाश राइले १३,गौतम कनौजियाले १२ रन वनाउनु वाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । २२ का बलर रबिस बर्मा ले ४,उदेश गोडियाले ३ र अजाद कुमार गोडिया ले २ विकेट लिए ।
Advertisement
जवाफि व्याटिङगमा आएको वडा नं. २२ ले १० ओभर १ बलमै ३ विकेट गुमाएर बिजयी लक्ष भेटायो । उसका लागि पुर्ण बहादुर थापाले १८,अब्दुल बेहनाले १४ रन बनाउनु बाहेक अन्य खेलाडी राम्रो प्रदर्सन गर्न सकेनन् । २३ का बलर सहिद शेखले ३ ओभरमा ७ रन दिएर ४ बिकेट लिए भने रसिद शेखले ३,हसिब शेखले २ बिकेट लिए । खेलमा सहिद शेख म्यानअफ द म्याच घोषित भए ।
त्यस्तै दोस्रो खेलमा वडा न ३ विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको छ। । प्रतियोगिताको पहिलो क्बाटर फाइनलमा उसले वडा नम्बर ११ लाई ५ बिकेटले पराजित गर्यो । खेलमा पहिला व्याटिङ गरेको ११ ले निर्धा्रित १५ ओभरमा ५बिकेट गुमाउंदै १ सय १० रन वनायो । उसका लागि राहुल कनौजियाले ६०, मोहित गुप्ताले १३ रनको पारी खेले । ३का बलर दिल्साद अन्सारीले ३ रिजबान अन्सारीले २ विकेट लिए । जबाफी व्याटिङमा आएको वडा नं ३ ले ९ ओभर २ बलमा ५ विकेटको नोक्सानी मा बिजयी लक्ष भेटायो । उसका लागि बिनोद शाहु २८,रबिश वर्माले१६ रन जोड्दै टिमलाई जित दिलाए । १२ का बलर यश खान,रबिन्द्र बस्नेत र कैलाश राई ले समान १र१ विकेट लिए । खेलमा रबिस बर्मा म्यान अफ द म्याच घोषित भए । त्यस्तै प्रतियोगिताको दोस्रो खेलमा वाड नम्बर ४ लाई ४ विकेटले पराजित गर्दै ८ नम्बर सेमिफाइनल प्रवेश गरेको छ । खेलमा पहिला व्याटिग ४ ले १३ ओभरमा अल आउट हुँदै ८९ रन बनाएको थियो । उसका लागि निर्मल ओलि ले ३० र सुनिल भन्डारीले २७ रन जोड्नु बाहेक अन्यले दोहोरो अंक समेत छुन सकेनन् । वड ८ का बलर जानू कसगरले ३ तथा अफाक शेक,र नासिर अन्सारीले २र२ बिकेट लिए ।
जबाफी व्याटिगमा आएको ८ ले १३ ओभरमा ६ विकेट गुमाए ९३ रन बनायो । उसका लागि अनुपम सिंहले ३४ र अब्रार शेकले २२ रनको पारी खेले । ४ का बलर सुनिल भन्डारी र आकाश बिस्टले २र२ विकेट लिए । खेलमा जानू कसगर म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता तेस्रो खेलमा २३ नम्बर बिजयी भयो । उसले १५ नम्बर लाई २५ रनले हरायो । प्रतियोगितामा आइतबार दुबै सेमिफाइनलका खेल हरु हुनेछ । पहिलो खेलमा ३ र ८तथा दोस्रोमा २२ र २३ वडा बिच खेल हुने प्रतियोगिताका संयोजक तरुण बज्राचार्यले जानकारी दिए । प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार नगद प्राप्त गर्ने छ । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले मुख्य प्रायोजन, कैलपाल कलेजको सह प्रायोजन रहेको छ । नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय, वडा नं. ७, १०, ११ र १२ को आर्थिक सहयोगमा द ग्रुप अफ सिक्टिनले सो प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा खेलाडी तथा दर्शकले एक हातले बल क्याच गरेमा नगद १ हजार पुरस्कारको व्यवस्था गरिएको छ । अहिले सम्म १४ जनाले सो नगद पाएका छ्न । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले यसको व्यवस्था गरेको हो ।