नेपालगन्जको वडा नं २२ बाट १८ किलो अफिमसहित ५ जना पक्राउ
प्रकाशित मिति : २०७६, ४ असार बुधबार १८:२०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । नेपालगन्जमा ठुलो परिमाणमा लागू औषधसहित ५ जना पक्राउ परेका छन् ।नेपालगन्ज उपमहानगरपालिका वडा नम्बबर २२ पुरैनीबाट प्रहरीले ठूलो परिमाणको लागुऔषध अफिमसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको बिशेष प्रहरी टोलीले आज पुरैनीस्थित बाबाकुटीबाट १८ किलो पाँच सय ग्राम अफिमसहित पाँचलाई पक्राउ गरेको हो ।
Advertisement
बिशेष सु्चनाको आधारमा पुगेको प्रहरी टोलीले भारततर्फ लैजादै गरेको अवस्थामा उक्त अफिम बरामद गरेको थियो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भेरी नगरपालिका–९, खलंगा जाजरकोटका २५ बर्षिय राजेन्द्र विश्वकर्मा, पूर्वी रुकुम पुथा गाउँपालिका–२ का ५९ वर्षीया शर्मिला मगर, नलगाढ गाउँपालिका–९ का २५ वर्षीया वीरबहादुर नेपाल, सोही ठाउँका ५० वर्षीय पृथ्वीबहादुर विश्वकर्मा र पञ्चपुरी नगरपालिका–९, खुर्सानीबारी, सुर्खेतका ५९ वर्षीय अम्मरबहादुर दराई रहेका छन्।