नेपालगञ्जको वडा नं ४ मा हजार दिने आमाहरुलाई निःशुल्क सामग्री वितरण
प्रकाशित मिति : २०७६, ६ असार शुक्रबार १७:४३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ मा आज हजार दिने आमाहरुलाई केही सामग्रीहरु निःशुल्क वितरण गरिएको छ । वडाका १५ जना गर्भवती तथा सुत्केरी महिलाहरुलाई आयोडिन नुन, मञ्जन, साबुन, नङ्ग कट र अण्डा निःशुल्क वितरण गरिएको सहरी स्वास्थ्य केन्द्रकी इन्चार्ज पुष्पा खड्काले बताउनुभयो ।
Advertisement
सामग्री वितरण गर्दै वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले गर्भवती र सुत्केरी महिलाले पौष्टिक आहार सेवनका साथै व्यक्तिगत सरसफाईमा पनि ध्यान दिनुपर्ने बताउँदै वडाका तर्फबाट आगामी दिनमा हजार दिने आमाहरुको लागि विशेष कार्यक्रम ल्याइने बताउनुभयो । उनीहरुको प्रोत्साहनका लागि वडा सदैब क्रियाशील रहने वडा अध्यक्ष बेहनाले प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाले ती सामग्रहरु उपलब्ध गराएको हो । कार्यक्रममा वडा सदसय प्रताप सिंह सिजापती, महिला सदस्य मेनुका जोशी, वडा सचिब राज कुमार कार्की, महिला स्वयंसेवीका पुस्पा शाही लगायतको उपस्थिति थियो।