नेपालगन्जको वडा नं ४ मा सकियो वडा भेला,पुर्बाधारलाई प्राथमिकता हुन्छ: अध्यक्ष बेहना
प्रकाशित मिति : २०७६, ७ असार शनिबार २२:०४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।नेपालगन्ज उपमहानगरपालिका भित्रका वडाहरु आर्थिक बर्ष ०७६७७ का लागि योजनाहरु बनाउन लागिपरेका छन्। नेपालगञ्जको वडा नम्बर ४ मा शनिबार वडा भेला सम्पन्न गरेको छ । वडा नं ४ का अध्यक्ष मो. सफिक बेहनाको अध्यक्षतामा तेस्रो योजना तर्जुमा वडा भेला सम्पन्न भएको हो।
Advertisement
वडा भेलामा बोल्दै कार्यपालिकाकि सदस्य इन्दिरा शाहीले भौतिक पूर्बाधार बिकास, महिला हित, शिक्षाका लागि योजनाहरुमा जोड दिएको बताउनु भयो। शाहीले वडाबासीहरुको लागि हर हमेसा लागि पर्ने बताउनु भयो। त्य्स्तै अध्यक्ष बेहनाले बिकास अनिबार्य भएको बताउनु भयो। यसैगरि सामाजिक सुरक्षा , कार्यालय सञ्चालन, आर्थिक विकास, संस्थागत बिकास, मिडियाका लागि कार्यक्रमलाई प्राथमिकता दिएको बेहनाले बताउनु भयो। त्यस्तै शिक्षा क्षत्र र स्वास्थ्य तर्फ भने धेरै प्राथमिकता दिएको अध्यक्ष बताउनु भयो।उहाँका अनुसार लक्षित बर्ग, बालमैत्री , प्रबद्र्धनात्मक कार्यक्रमलाई समेत समाबेश गरिएको छ। वडा नम्बर ४ नेपालगन्जमै बिकास निर्माण मा एक नम्बर रहेको अध्यक्षले बताउनु भयो।
गत बर्ष १ करोडको हाराहारीमा बजेट रहेकोमा यस बर्षको प्रि बजेट सिलिङमा १ करोड ३० लाख नाघ्ने भएको कुरा वडा सचिब राज कुमार कार्कीले जानकारी दिनुभयो।
वडा भेलामा बजेट प्रस्तुत वडा सचिब कार्कीले गर्नु भएको थियो। कार्यक्रममा वडा सदस्य प्रताप सिंह सिजापति, महिला सदस्य मेनका जोशी, समाजसेबि मो. सलिम मुसलमान लगायतको उपस्थिति रहेको थियो भने वडाका स्थानियहरुले आ- आफ्नो योजना भेलामा सुनाएका थिए। भेलामा झरना भट्टराई , नन्दा घिमिरेले स्थानीयहरुबाट योजना संकलन भएको थियो।