Logo

    • मुख्य खवर
    • देश
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • प्रदेश ३
      • गण्डकी प्रदेश
      • प्रदेश ५
        • नेपालगन्ज उपमहानगरपालिका
        • डुडुवा गाउँपालिका बाँके
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • समाज
    • विचार
    • अन्तरवार्ता
    • बिजनेस
    • विदेश
    • स्वास्थ्य
    • खेलकुद
    • कला
      • मनोरञ्जन
      • साहित्य/संस्कृति
      • मोडल
    • थप
      • टीभी
      • आठौं राष्ट्रिय खेलकुद
      • विशेष
      • ब्लग
      • नेपालगन्ज गोल्डकप
      • सातौ राष्ट्रिय खेलकुद
      • विश्वकप २०१८
      • आम निर्वाचन २०७४
      • फोटो स्टोरी
      • सूचना प्रविधि
      • विचित्र संसार
      • पत्रपत्रिकाबाट

बिबेकशिल नेपाली दल रोल्पामै किन!

# बागेश्वरीपोष्ट

  • प्रकाशित मिति :   २०७६, ९ असार सोमबार ११:२७  

    निरज शाह ।बिबेकशिल नेपाली दल को नीति तथा राष्ट्रिय सम्मेलन कार्यक्रम अन्तर्गत पहिलो खण्डको नीति सम्मेलन असार १३,१४ र १५ मा रोल्पाको लिबाङ मा हुने भएको छ। साझा संगको एकिकरण प्रक्रिया भंग गरी निर्वाचन आयोगमा दल दर्ताको प्रक्रियामा रहेको विवेकशील नेपाली दल ले आफ्नो राजनैतिक दस्तावेज, विधान र विभिन्न रणनितिहरुको छलफलको लागी रोल्पाको लिबाङलाई रोजेको हो। सम्मेलनमा सातवटा प्रदेश र ‘प्रवास’बाट सदस्यहरु सहभागी हुनेछन्। भेलामा संघीय गणतन्त्र सापेक्ष दलको विधान, राजनीतिक दस्तावेज एवं महत्त्वपूर्ण नीतिहरू माथि छलफल गरी आवश्यक निर्णय लिइने छ।
    विगत ७ वर्षका राजनीतिक अनुभवहरूलाई आत्मसात गर्दै नेपालमा अभियान अझै नयाँ शिराबाट गर्न नीति सम्मेलन गर्न लागेका छौ । देशलाई चाहिने विवेकशील नीति लगायत दलहरूमा चाहिने संघीय गणतान्त्रिक संरचना बनाउने संस्कारको शुरुवात हुबे छ।
    रोल्पामा पर्यापर्यटन, धार्मिक पर्यटन, सांस्कृतिक पर्यटनसँगै दश वर्ष लामो माओवादी सशस्त्र द्वन्दले रोल्पालाई युद्ध पर्यटनको सङ्ज्ञा थपिदिएको थियो । पर्यटनको धेरै सम्भावना भए पनि यसलाई लाभ लिने गरी ठोस योजना तथा कार्यक्रम भने बन्न सकेको देखिएन मेरो रोल्पा घुमाई र तेहाका मानिसको मनोबिज्ञानले प्रस्ट पारेको छ।
    रोल्पाको आँखाबाट हेर्दा सत्तामा सधैं ‘रोल्पाली’ छन्। उपराष्ट्रपति नन्दकिशोर पुन, पूर्वसभामुख ओनसरी घर्ती, सभामुख कृष्णबहादुर महरा, ऊर्जामन्त्री वर्षमान पुन रोल्पाकै हुन्। ‘परिवर्तनले केही नेतालाई सत्तारोहण गरायो। युद्ध लड्ने यहाँका मानिस जस्ताको त्यस्तै छन्’ कुनै परिबर्तन आएको छैन जो आएपनी जस्तो सरकार आए पनि केही हुनेवाला छैन गरिबका दुख गरिबलाई भन्छ्न यहाँका मानिस हरु ‘हामी हिजो पनि मकैको ढिँडो खान्थ्यौं, अधेरा मै थियौ अहिले पनि त्यस्तै छ। निरास भएका जनमानिसलाई उत्साह दिन र यो देशको मागै नयाँ युग हो नयाँ पार्टी हो उहीँ पुराना पार्टी पुरानै सैलिले गर्दा कोहि खुसी छैनन । हामी नया युगको बिगुल बजाउन एक उन्माद सहितको आह्वान गर्न रोल्पा जाने हो। रोल्पा ले राष्ट्रिय राजनीतिमा सधै ठूलो भुमिका खेलेको छ तर सधै पीडित रहिरह्यो त्यसमा मलम पट्टि लगाउन हामीले रोल्पा रोजेका होउ।
    नेताहरू सत्तामा पुग्नुले रोल्पालीवासी खासै खुसी छैनन्। जीवनमा कुनै परिर्वतन नहुनुले उनीहरूलाई खुब पिरोलेको छ। अहिले सत्तामा बसेका नेताप्रति रोल्पाले गर्व गर्न सक्दैन। रोल्पाले पाउनुभन्दा धेरै गुमाएको छ। व्यवस्था परिर्वतनमा रोल्पालीले ठूलो बलिदान गर्‍यौं। नेपाल यो ठाउँमा आउनुमा रोल्पाको ठूलो भूमिका छ’ तर बिडम्बना बुझ्ने कस्ले अबको आशा बिबेकसिल नेपाली दल हो । तेहि भएर रोल्पा रोजियो हामिलाई थाहा छ रोल्पा जति पिडित जनयुद्ध कालमा अरु कुनै ठाउँ भएन हो अब तिनी आला घाउ सङ्गै आफ्ना बिचार अनि सबै सारा नेपालीको मनमा बस्न रोल्पा रोजेको। रोल्पा जतिको सुन्दर एक धर्तिको स्वर्ग अरु हुनै सक्तैन म त रोल्पाका जलजला, रुन्टी, गढीलेख, शिव गुफा, शिव पार्वती गुफा, शिव पञ्चायन आदि रोल्पाका धार्मिक पर्यटनका गन्तव्य हुन् । यी पर्यटकीय क्षेत्रमा हरेक वर्ष हजाराँै तीर्थालु दर्शन र पूजापाठ गर्न आउने गर्छन् । यी धार्मिक क्षेत्रप्रति भक्तजनको यति अगाध आस्था छ की असार साउनको झरीमा समेत घण्टौँ पैदलयात्रा गरेर त्यस क्षेत्रमा आफ्नो मनोकाँक्ष पुरा गर्न पुग्ने गर्छन् । जलजलामा बराह देवताको पूजा गर्ने र रुन्टीमा प्रभु महाराजको पूजा गर्नेको असाध्यै भीड लाग्ने गर्दछ ईनि लाई बचाउन सक्ने हो र सन्सारमा चिनाउन सक्ने हो भने रोल्पालीको आए स्तरमा केही हुन्थ्यो कि। हाम्रो यो सम्मेलन सानो भए पनि एक उच्च अनि पहिचान बचाउ अभियानमय हुनेछ । बिबेकशिल नेपाली दल हेर्दा नयाँ भए पनि हामी सम्पुर्ण नेपालिको मनभावना मै हिड्ने हो । देशमा हामी सास्कृतिक क्रान्ती अनि कृषि आधुनिकताका साथै आर्थिक क्रान्ति अनि युवानै देशका पहरेदार हुन । अब राज्य युवाको हातमा हुनु पर्छ र प्राचीन शैलीलाई त्याग्दै नया सैलीमा प्रवेश गराउने काम बिबेकशिलको हुनेछ।
    ऐतिहासिक ठाउँ लिवाङ, सांस्कृतिक महत्व बोकेका स्थल सांस्कृतिक पर्यटनको केन्द्र मानिन्छन् । मगर बाहुल्य क्षेत्र रहेकाले यहाँको जनजीवन, भाषा, संस्कृति हेर्ने तथा बुझ्ने चाहानाले यो ठाउँको आकर्षण बढेको छ । खासगरी थवाङमा हरेक वर्षको भुम्या पर्व हेर्नका लागी देश विदेशबाट मानिस आउने गर्छन् । जलजला, सुनछहरी, विवाङ दह यहाँका पर्यापर्यटीयस्थल हुन् । जलजलाको मनमोहक दृश्य, सयौँ थरिका फूल तथा दलदले जमीनले विशेष आकर्षण गर्दछ । सुनछहरी नेपालकै लामो झरना भनिन्छ यद्यपि यसको आधिकारिक पुष्टि हुन सकेको छैन । यसैगरी विवाङ दहलाई पनि पर्यापर्यटनको अर्को वैभव मानिन्छ ईनको संरक्षण र सम्बर्द्धन गर्ने हेतुले रोल्पालाई विशेष भनेर युवा बिचार बिमर्श गर्न रोल्पा जादैछ्न।
    देशलाई चाहिने विवेकशील नीति लगायत दलहरूमा चाहिने संघीय गणतान्त्रिक संरचना बनाउने सुसंस्कारको शुरुवात ।
    विवेकशील नेपाली दलले २०७६ असार १३ देखि १५ गतेसम्म दलको नीति सम्मेलनले सबै पार्टी लाई एक सन्देश दिने छ कि अब हामी रास्ट्र निर्माणका लागि नीति नियम र देश कसरी समृद्धि बनाउन सकिन्छ र युवा परिचालन कसरी आफ्नै देशमा सोरोजगारि बनाउन सकिन्छ। निकै ठुलो छ्लफल हुने छ र मीठो निकै राम्रो उर्जान्शिल नीति नियम बनाएर नेपालका कुना कन्धारा अनि सन्सार मा एक मजाको बिगुल बजाउने छ बिबेकशिलले। आफ्नो पहिचान बचानलाई रोज्यो रोल्पा बिबेकी युवाहरुले। जय युवा।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाँके राष्ट्रिय निकुञ्जको टेण्डर च्यात्ने ७ जना डिएसपी शाहीको फन्दामा
    रोशनी शाहीमाथि कुटपिट भएको पुष्टि
    सांसद प्रमोद साहलाई चार दिनका लागि म्याद थप
    बिप्लब समुहका एक जना कार्यकर्ता पक्राउ

    ताजा अपडेट

    सांसद प्रमोद साहलाई चार दिनका लागि म्याद थप
    भिसा क्यान्सिल गरेर नेपालमा बस्नेहरु पनि एनआरएनका भोटर
    राष्ट्रपति भण्डारी पाँच दिने राजकीय भ्रमणमा आज म्यानमार जाँदै
    नेपाल प्रहरीमा ३५ सय ९६ दरबन्दी थप
    एनआरएनको चुनाबमा अष्ट्रेलियाबाट आएका थापा अध्यागमन हिरासतमा

    सम्पर्क ठेगाना

    संस्कृति मिडिया नेटवर्क प्रा.लि.
    नेपालगन्ज उपमनपा-१०,बाँके
    ५ नं. प्रदेश, नेपाल
    फोन 9851148119

    समाचार कक्ष

    फोन : 9858082228, 9862791607

    ई–मेल:
    [email protected]

    प्रकाशक : गौरब गिरी
    सम्पादक : नवीन गिरी
    दर्ता नं. : १३०५/०७५-७६
    भ्याट नम्बर : 606861069

    ©  2015-2019 Sanskriti Media Network Pvt. Ltd. । All rights reserved.

    Website by : Websoft Nepal Pvt. Ltd.

      टिम बागेश्वरीपोष्ट