डुडुवा घटनामा प्रहरीद्वारा अनाहकमा फसाइएका निर्दोष व्यक्तीहरुलाई रिहा गर्न काँग्रेसको माग,रिहाई नगरे आन्दोलन
प्रकाशित मिति : २०७६, १७ असार मंगलवार ०८:३८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।बाँकेको डुडुवा गाँउपालिका वडा नम्बर ४ मा भएको घटनामा निर्दोश ब्यक्तिलाई झुठ्ठा मुद्दा लगाएर फसाउन खोजेको काङ्ग्रेस बाँकेले बताएको छ । कांग्रेस बाँकेले जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै यस्तो जिकिर गरेको हो । सभापति किरण कोइरालाले प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई बुझाएको उक्त ज्ञापन पत्रमा घटनाका पीडित ब्यक्तिलाई प्रहरी प्रशासनले उल्टै हिरासतमा राखेर ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाएको उल्लेख गरिएको छ ।यही असार १२ गते डुडुवा गाउँपालिका वडा नम्बर ४ निवासी गणेश कुमार यादवको खेतमा माटो लिन गएको ट्याक्टरलाई मदिराले लठ्ठिएका सोही वडाका वडाध्यक्ष सगिर खाँले अवरोध गर्न खोजेको भन्दै विवाद उत्पन्न भएको थियो । वडाध्यक्ष खाँको नेतृत्वमा वडा नम्बर ४ सिधनियास्थित रामकुमार यादवको घरमा हातहतियार सहित करिव ४० जनाको समुहमा पुगेर ढुंगामुढा गर्नुका साथै शारिरीक आक्रमण भएको कांग्रेसले जनाएको छ ।
Advertisement
खाँ नेतृत्वको समुहले आक्रमण गर्दा रामकुमार यादव, निजकी श्रीमती मक्खनिया यादवलाई चोट पटक लाग्नुका साथै निजले लगाएको कपडा तनेर च्यातने, अपशब्द गालीगलौज गर्ने, महिलामाथी नै अभद्र व्यवहार गरेको, छोरा दिनेश यादवको मुखमागहिरो चोट लागेको विज्ञप्तीमा उल्लेख छ । सोही क्रमम ना२८प ०२४९ को मोटर साइकल, भे६प ९८३२ नम्बरको स्कुटी, भे१त ७७८६को सोनालीका ट्रेक्टरमातोड फोड गरी घरको ढोका, पर्खालमा समेत क्षति पुर्याएको र अध्यक्ष खाँकै नेतृत्वमा घटना घटाइएको प्रष्ट रुपमा देखिदा देखिदै प्रहरी, प्रशासनले सत्ताको भरमा उल्टै यादव परिवारका रामकुमार यादव, गणेश यादव, दिनेश यादव र सोही वडाको मलहु पुर्वामा बस्ने हसिमखाँ, सलिमखाँ समेतलाई झुठ्ठा मुद्दामा फसाउन खोजेको भन्दै कांग्रेसले आश्चर्य प्रकट गरेको छ ।
राजनीतिक दवाव र घटनाको सत्य तथ्य जाँचनगरी एकतर्फी भनिएको आधारमा सत्ताको दुरुपयोग गर्दै प्रहरीले निर्दोशलाई हिरासतमा राख्नु कांग्रेसले कानुनी राज्यको उपाहसको रुपमा लिएको छ ।
उक्त घटनाको स्थलगत जाँच गरी स्पष्ट केलाउन सम्बन्धित गृह मन्त्रालय, नेपाल सरकार तथा अन्य सरोकार वा निकायसँग माग गर्दै पीडित तथा अनाहकमा फसाइएका निर्दोष व्यक्तीहरुलाई रिहागर्न नेपाली काँग्रेस बाँकेले माग गरेको छ । रिहाई नगरे सडक आन्दोलन तथा अन्य विरोधको बाटो अवलम्वन गर्न बाध्य हुने चेतावनी दिइएको छ।