डुडुवा घटना प्रकरण: कांग्रेस बाँकेले आज ४ बजे बिरेन्द्र चोकमा कोण सभा गर्दै
प्रकाशित मिति : २०७६, २१ असार शनिबार १०:०६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । नेपाली कांग्रेस बाँकेलेे आफ्नो आन्दोलन थालेको छ।डुडुवा गाउँपालिकाका आफ्ना निर्दोश नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले अनाहकमा फसाइ ज्यान मुद्दा दर्ता गरेको बिरोधमा आज नेपाली कांग्रेस बाँकेले कोण सभा गर्ने भएको छ।
Advertisement
‘निर्दोष हुँदाहुँदै आफ्ना कार्यकर्तालाई सरकारको दबाद भन्दै प्रहरी एकतर्फी रुपमा मुद्दा दर्ता गरि फसाउन खोजेकोले हाम्रो पार्टीले आन्दोलनको सुरुवात गरेको छ’, कांग्रेस बाँकेका जिल्ला सद्स्य सुधान्सु कोइरालाले बताए।
प्रहरीलाई समेत सरकारले २ तिहाईको दम्भ देखाउदै उनिहरुलाई दबाबमा पारी इमान्दारी पुर्वक कार्य गर्न नदिएर झनै निर्दोशलाई फसाउन दबाब दिने सरकारले कांग्रेसलाई नटेर्नु मुर्खता हो र अब कांग्रेस बाँकेलेे सरकारलाई असली प्रतिपक्ष हो? त्यो देखाउछ, सुधान्सुले भने। कोइरालाका अनुसार यसकै बिरोधमा कांग्रेस बाँकेले तेस्रो कार्यक्रम स्वरुपमा आज साझ ४ बजे नेपालगन्जको बिरेन्द्र चोकमा कोण सभा गर्न लागेको हो।
यस अघि नेपाली कांग्रेस बाँकेले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउनुका साथै जिल्ला प्रशासन कार्यालय समेत घेराउ गरिसकेको छ।
गएको असार १२ गते डुडुवा गाउँपालिका वडा नम्बर ४ निवासी गणेश कुमार यादवको खेतमा माटो लिन गएको ट्याक्टरलाई मदिराले लठ्ठिएका सोही वडाका वडाध्यक्ष सगिर खाँले अवरोध गर्न खोजेको भन्दै विवाद उत्पन्न भएको थियो । वडाध्यक्ष खाँको नेतृत्वमा वडा नम्बर ४ सिधनियास्थित रामकुमार यादवको घरमा हातहतियार सहित करिव ४० जनाको समुहमा पुगेर ढुंगामुढा गर्नुका साथै शारिरीक आक्रमण भएको कांग्रेसले जनाएको छ ।
खाँ नेतृत्वको समुहले आक्रमण गर्दा रामकुमार यादव, निजकी श्रीमती मक्खनिया यादवलाई चोट पटक लाग्नुका साथै निजले लगाएको कपडा तानेर च्यातने, अपशब्द गालीगलौज गर्ने, महिलामाथी नै अभद्र व्यवहार गरेको, छोरा दिनेश यादवको मुखमागहिरो चोट लागेको कांग्रेसले जनाएको छ ।