डुडुवा गाउँपालिकामा अपाङ्गता परिचय पत्र वितरण शुरु
प्रकाशित मिति : २०७६, २१ असार शनिबार १४:१७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
डुडुवा गाउँपालिका (बाँके) । बाँके डुडुवा गाउँपालिकाले अपाङ्गता परिचय पत्र वितरण शुरु गरेको छ । अपाङ्गता अधिकार ऐन २०७४ अनुसार सबै स्थानीय तहलाई अपाङ्गता परिचयपत्र वितरण गर्न दिएको अधिकार अन्र्तगत गाउँपालिकाले परिचयपत्र वितरण शुरु गरेको हो ।
गाउँपालिका उपाध्यक्ष साहिदा बानोको संयोजकत्वमा गठित ११ सदस्यीय अपाङ्गता परिचय पत्र वितरण समन्वय समितिले गरेको निर्णयका आधारमा अपाङ्गता भएकाहरुको स्तर र गम्भीरता पहिचान गरि परिचयपत्र वितरण गरिरहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।
उक्त समितिमा अहिलेसम्म करिब ५० जनाले परिचयपत्रका लागि निवेदन दिएका छन । निबेदनमध्ये अहिलेसम्म १४ जनालाई निर्णय गरि परिचय पत्र वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद धितालले बताउनुभयो । उहाँका अनुसार ख श्रेणीका ६ जना, ग श्रेणीका ६ जना र घ श्रेणीका २ जना रहेका छन।
समितिमा दिएकाहरुको बारेमा पनि निर्णय गरि परिचयपत्र वितरण गरिने समितिले जनाएको छ । अहिलेसम्म नेपाल सरकारले क र ख श्रेणीका अपाङ्गतालाई मात्र सेवा सुविधा उपलब्ध गराउदै आएको छ। क र ख बाहेक ग र घ श्रेणीका अपाङ्गता भएकालाई गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०७६।०७७ देखि प्रदान गर्ने सेवा सुविधाका विषयमा निर्णय गरेर उपलब्ध गराउने अध्यक्ष चौधरीले बताउनुभयो ।
सरकारले नयाँ आर्थिक वर्षदेखि क श्रेणीका अपाङ्गतालाई रु ३ हजार र ख श्रेणीकालाई रु १ हजार ६ सय उपलब्ध गराउने छ । आज एक कार्यक्रमका विच ६ जनालाई परिचय पत्र वितरण गरिएको छ ।
Advertisement