दाङ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड सुरु
प्रकाशित मिति : २०७६, २१ असार शनिबार १८:४८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
लक्ष्मण बस्नेत,दाङ ।११ औ दाङ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ शनिवार देखि सुरु भएको छ।
दाङ जिल्ला खेलकुद बिकास समितिको आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी युवा तथा खेलकुद बिकास मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटाले गर्नु भएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी देबकोटाले मौगोलिक भुवनोट र हावापानीका दृष्टीकोणले पुर्ण दाङ जिल्लालाई खेलकुदको हवका रुपमा बिकास गर्नु पर्ने बताउनु भएको छ ।
खेलकुद मावन स्वास्थ्यको अभिन्न अंग हो, देशको समृद्धीमा यसको महत्वपुर्ण भुमिका छ, त्यसैले आजै देखि खेल विकासमा जुट्नुहोस दाङ खेलकुदको गन्तव्य अवश्य बन्नेछ उहाँले भन्नुभयो । खेलाडिले विकास, अनुशासन र गतिशिलतालाई उच्च आर्दशका साथ पालना गनुपर्ने समेत उहाले बताउनु भयो ।
कार्यक्रमका बिशिस्ट अतिथी तुलसिपुर उपमहानरपालिका का प्रमुख घनश्याम पाण्डेले रास्ट्रको पहिचान र समृद्धि संग जोडिएको खेलकुद क्षेत्रको बिकासमा आफू लागि परेको बताउनु भयो !
खेल क्षेत्रको बिकास स्थानिय स्तरबाट हुनु पर्छ भन्ने मान्यताका साथ नगरले खेल विकासको स्पष्ट खाँका बनाएर अगाडि बढेको उहाले बताउनु भयो ।
साथै उहाले यसको विकासमा खेलकुद सम्बद्धको चासो र चिन्तन हुनु पर्ने आवश्यकता औल्याउनु भयो । दाङ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष डिल्ली बहादुर डागिको अध्यक्षतामा तथा सदस्य तिलक रावतको स्वागत रहेको कार्यक्रमको संचालन समितिका सदस्य टोपेन्द्र थापाले गर्नु भएको थियो !यसैबिच प्रतियोगिता अन्तरगत सनिवार सम्पन्न १०० मिटर छात्रा तर्फ माबी गोरखा तुलसिपुरकी सिमा चौधरीले स्वर्ण पदक हात पारिन् ।पद्मोदय माबी घोराहिकी सिमा पुनले रजत पदक जित्दा मिडवयस्ट प्वाइन्ट एकाडेमीकि मोनिका बिस्टले कास्य पदक जितिन् ।त्यस्तै १०० मिटर छात्र तर्फ गोरखा माबी तुलसिपुरका सिमान्त पाण्डेले स्वर्ण पदक हात पारे । जनश्रम माबी खाद्रेका जन गिरिले रजत जित्दा पद्मोदय माबी घोराहिका विश्वास चौधरीले कास्य पदक हात पारे ।त्यस्तै १५०० मिटर छात्र तर्फ महेन्द्र माबी तुलसिपुरका बेद बहादुर वलीले स्वर्ण पदक जिते । पद्मोदय माबिका सनम घर्तिले रजत पदक जित्दा माबी डाडागाउका बिपिन पोख्रेलले कास्य पदक हात पारे ।त्यस्तै १५०० मिटर दौड छात्रा तर्फ नेपाल प्रहरी स्कुल घोराहिकी सर्मिला घर्तिले स्वर्ण पदक हात पारिन् । बाल जनता माबी बनगाउका अनिसा चौधरीले रजत पदक हात पार्दा माबी गोरखाकी करुणा रिजालले कास्य पदक जितिन् । असार २३ गते सम्म चल्ने प्रतियोगितामा १० स्थानीय तहका अन्तर बिध्यालय स्तरिय रनिङ शिल्डमा प्रथम, दोस्रो स्थान हात पार्ने खेलाडी बिच कडा प्रतिस्पर्धा हुनेछ ।प्रतियोगितामा एथलेटिक्स,भलिबल,कबडी,उसु, तेक्वान्दो र कराते खेल समावेस गरिएको छ ।
Advertisement