नेपालगन्ज उधोग बाणिज्य संघको आफ्नै लापरबाहीले बहुउद्देश्यीय सभाहल निर्माण नहुने
प्रकाशित मिति : २०७६, २२ असार आईतवार १७:३९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । नेपालगन्ज उधोग बाणिज्य संघको बहुउद्देश्यीय सभाहल तथा प्रदर्शनस्थिल निर्माण नहुने भएको छ।नेपालगञ्ज उद्योग बाणिज्य सङ्घले कारकादौंमा सडक डिभिजन कार्यालयको जग्गामा बहुउद्देश्यीय सभाहल तथा प्रदर्शनस्थिल निर्माणका लागि पटक–पटक महोत्सव आयोजना गरि रकम संकलन गर्यो ।
Advertisement
सरकारले यसबर्ष एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेपनि बाणिज्य संघकै कारण प्रदर्शनीस्थल निर्माण नहुने भएको छ । संघले शुरुमा ३० बर्ष र पछि २० बर्षगरि ५० बर्षका लागि जग्गा लिजमा लिएको हो । तर लिजको भाडा नतिरेको भन्दै भौतिक पूर्वाधार मन्त्रालयले लिज सम्झौता खारेज गरेको शहरी विकास मन्त्री मो.इस्तियाक राईले जानकारी दिए ।
तीनलाख २५ हजार रुपैयाँ भाडा तिर्न बाँकी रहेको थियो । नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैंशयले गतबर्षसम्म लिजको भाडा तिरेको भन्दै सम्झौता खारेज भएको बारे आफुलाई जानकारी नभएको बताए ।