ब्राजिलले जित्यो१२ बर्ष पछि कोपा अमेरिका फुटबलको उपाधि
प्रकाशित मिति : २०७६, २३ असार सोमबार ०८:५७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
ब्राजिल। ब्राजिलले १२ बर्ष पछि कोपा अमेरिका फुटबलको उपाधि जितेको छ ।आइतबार राति ब्राजिलको माराकाना रंगशालामा भएको खेलमा पेरुलाई ३-१ गोल पराजित गर्दै ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि उचालेको हो । १२ वर्षपछि ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि जितेको होब्राजिललाई उपाधि दिलाउन सौसा सोरेस, गाब्रियल जिसस र रिचार्लिसनले गोल गरे । यता, पेरुका लागि भने पाउलो गुइरेरोले गोल फर्काएका थिए ।
Advertisement
खेलको १५ औ मिनेटमा सोरेसले गोल गर्दै ब्राजिललाई १-० गोलको अग्रता दिलाएका थिए । तर खेलको ४४औं मिनेटमा पेरुले गोल फर्काउन सफल भयो । पेरुका लागि गुइरेरोले पेनाल्टीबाट गोल गर्दै १-१ गोलको बराबरी दिलाएका थिए । खेलको पहिलो हाफमै ब्राजिलले अग्रता बनाउन सफल भयो । पहिलो हाफको अतिरिक्त समयमा जिससले गोल गर्दै ब्राजिललाई २-१ गोलको अग्रता दिलाए।
खेलको ७० औ मिनेटमा भने ब्राजिल १० खेलाडीमा सिमित हुन पुग्यो । जिससले दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । २-१ गोलअन्तरले अघि रहेको ब्राजिलले खेलको ९० औं मिनेटमा अर्को गोल गर्न सफल भयो । यो पटक भने पेनाल्टीबाट रिचार्लिसनले गोल गर्दै ब्राजिललाई ३-१ गोलको जित दिलाए ।