नेपाली कांग्रेस बाँकेले गर्यो जिल्ला प्रशासन अगाडी प्रदर्शन "कार्यकर्तालाई रिहाई गर्न माग "
"कार्यकर्तालाई रिहाई गर्न माग "
प्रकाशित मिति : २०७६, २३ असार सोमबार १८:२६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज।नेपाली कांग्रेस बाँकेले आन्दोलनका कार्यक्रम अन्तर्गत सोमबार जिल्ला प्रशासन कार्यालय घेराउ गरेको छ।बाँकेको डुडुवा गाँउपालिका वडा नम्बर ४ मा भएको घटनामा कांग्रेस निर्दोस कार्यकर्तालाई झुठ्ठा मुद्दा लगाएर फसाएको भन्दै नेपाली काङ्ग्रेस बाँकेले जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै प्रदर्शन गरेको छ । घेराउ कार्यक्रममा प्रदेश सांसद सुरेन्द्र हमाल, नेता नक्की खाँ, २ नम्बरका सभापति रमेश गुप्ता, पार्टी सभापती किरण कोइराला लगायतले तत्काल आफ्ना नेता कार्यकर्तालाई रिहाई गर्न चेतावनी दिनुभएको थियो।
Advertisement
यही असार १२ गते डुडुवा गाउँपालिका वडा नम्बर ४ निवासी गणेश कुमार यादवको खेतमा माटो लिन गएको ट्याक्टरलाई मदिराले लठ्ठिएका सोही वडाका वडाध्यक्ष सगिर खाँले अवरोध गर्न खोजेको भन्दै विवाद उत्पन्न भएको थियो । वडाध्यक्ष खाँको नेतृत्वमा वडा नम्बर ४ सिधनियास्थित रामकुमार यादवको घरमा हातहतियार सहित करिव ४० जनाको समुहमा पुगेर ढुंगामुढा गर्नुका साथै शारिरीक आक्रमण भएको कांग्रेसले जनाएको छ ।
खाँ नेतृत्वको समुहले आक्रमण गर्दा रामकुमार यादव, निजकी श्रीमती मक्खनिया यादवलाई चोट पटक लाग्नुका साथै निजले लगाएको कपडा तनेर च्यातने, अपशब्द गालीगलौज गर्ने, महिलामाथी नै अभद्र व्यवहार गरेको, छोरा दिनेश यादवको मुखमागहिरो चोट लागेको कांग्रेसले जनाएको छ ।
उक्त घटनामा ना २८ प ०२४९ को मोटर साइकल, भे६प ९८३२ नम्बरको स्कुटी, भे१त ७७८६को सोनालीका ट्रेक्टरमातोड फोड गरी घरको ढोका, पर्खालमा समेत क्षति पुर्याएको र अध्यक्ष खाँकै नेतृत्वमा घटना घटाइएको प्रष्ट रुपमा देखिदा देखिदै प्रहरी, प्रशासनले सत्ताको भरमा उल्टै यादव परिवारका रामकुमार यादव, गणेश यादव, दिनेश यादव र सोही वडाको मलहु पुर्वामा बस्ने हसिमखाँ, सलिमखाँ समेतलाई झुठ्ठा मुद्दामा फसाउन खोजेको भन्दै कांग्रेसको दाबी छ ।