डुडुवा गाउँपालिकाको बेतहनी कच्बे बाढिले डुबायो,बाढिले तीन भैंसी मरे
प्रकाशित मिति : २०७६, २४ असार मंगलवार १३:१७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
डुडुवा गाउँपालिका,(बाँके)। डुडुवा गाउँपालिकामा आएको बाढिले कच्बे डुबाएको छ। गाउँपालिकाको वडा नम्बर २ स्तिथ बेतहनी सडक खण्डको कच्बे डुुुबाउदा साइकल तथा मोटरसाइकलहरु ओहोरदोहर गर्न समेत अप्ठ्यारो भएको गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बताउनु भयो।
Advertisement
कच्बेको तल धान रोप्न तयारी अवस्थामा रहेेेका खेतहरु समेत डुबानमा परेका छन् । खेतहरु डुबानमा पर्दा धान लगाउन ठीक्क परेका थियौ तर सबै खेत डुबान हुँदा समस्यामा परेको बेेेनहनीका स्थानीयहरुले बताए। यस्तै बेतहनीमा घर भित्र समेत पानी पसेको छ।
त्य्स्तै गए रातीको डुडुवा नालामा आएको बाढिले गाउँपालिकाको वडा नम्बर ३ राजारामपुरुवाका मेलहे अहिरका तीनवटा भैंसीहरु मरेका छन् । उनका भैैंसीहरुलाइ बाढिले बगाएको हो। यता गाउँपालिकाका अध्यक्ष चौधरीले बाढिबाट गाउँपालिकाका सबै स्थानीयहरुलाई सचेत रहन आग्रह गर्नु भएको छ।