नेपालगन्जको वडा नं १० मा नालाको निकास थुनिदाँ मानव बस्ती डुबानमा
प्रकाशित मिति : २०७६, २४ असार मंगलवार १५:३८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज।नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० स्थित औद्योगिक क्षेत्र तथा जनस्वास्थ्य कार्यालय पछाडीको बस्ती मंगलबार डुबानमा परेको छ । भेरी प्राविधिक शिक्षालय र बेलासपुर हुदै बग्ने नालामा पानी बग्न नपाउँदा डुबान समस्या बल्झिएको हो । दुबै नालाको मिलनविन्दुमा नालाभरी झारपात उम्रिएर निकास थुनिएको छ । नेपालगन्जमा सोमबार राती भिषण बर्षा भएको थियो। वर्षाको पानी उपमहानगरपालिकाको विभिन्न स्थानमा संकलन भएर बग्न नपाउँदा मानव बस्तीतिर सोझिएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाले एकिकृत शहरी विकास आयोजनामार्फत एशियाली विकास बैंकको ऋण/अनुदान सहयोगमा दुई वर्षअघि निर्माण गरेको उक्त नालामा सहज रुपमा पानी बग्न नपाउँदा डुबान भएको स्थानीय बासिन्दा शंकर ठकुरीले बताए । उनले भने, ‘उपमहानगरपालिकाले निर्माण गरेको नालाभरी झारपात उम्रिएको छ, त्यही झारपातले पानीलाई सहज रुपमा बग्न दिएको छैन ।’
थुनिएको नालाको निकास खोल्न उपमहानगरपालिका कार्यालयमा फोन गरेर एक्साभेटर पठाईदिन आग्रह गर्दापनि जनप्रतिनिधीले पछि पठाउँला भनेर बेवास्ता गरेको स्थानीयको गुनासो छ । बस्ती पुरै जलाम्य भएपछि आवत जावतमा कठिनाई हुने गरेको छ । अबिरल वर्षाले नेपालगन्जको विभिन्न भाग जलाम्य भएको छ । अधिकांस स्थानमा नालाको निकास नहुँदा डुबान समस्या निम्तिएको स्थानीयले बताएका छन् ।
नगर प्रमुख डा. धवलशम्शेर राणा बर्षा हुँदा नालामा पानी एकैचोटी बग्न नसक्दा पानी जम्ने र वर्षा रोकिएपछि एकैछिनमा सुक्ने गरेकाले डुबान समस्या धेरै समय नटिक्ने जिकिर गर्छन् । उनले भने, ‘पहिलेको जस्तो डुबान समस्या अहिले छैन, एकछिन परेको पानी बग्न न समय लागिहाल्छ ।’ सोमबार राती परेको बर्षाले नेपालगन्जका विभिन्न ठाउँमा पानीको निकास थुनिदाँ समस्या आएको उनले सुनाए ।
२०६३ सालयता निम्तिन थालेको डुबान समस्या समाधान गर्ने भन्दै एशियाली विकास बैंकको ऋण/अनुदान सहयोगमा सुरुमा एकिकृत शहरी विकास आयोजना तथा क्षेत्रीय शहरी विकास आयोजना सञ्चालनमा आएको छ । उक्त आयोजनाले सडक, नाला र फोहोरमैला ब्यवस्थापनका नाममा झण्डै ५ अर्ब खर्च गरिसकेको छ। अर्बौ बजेट खर्च भईसक्दा पनि नेपालगन्जबासीले डुबान समस्याबाट मुक्ती पाउन सकेका छैनन् ।
Advertisement