नेबिसंघ बाँकेले बिरोध गर्दै प्रधानमन्त्रीलाई तरकारी पठायो
प्रकाशित मिति : २०७६, २४ असार मंगलवार १८:११
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।सरकारले भारतबाट बिषादियुक्त तरकारी नेपाल भित्रीन दिएको भन्दै बर्तमान समयमा निकै बिरोधको बिषय बन्दै आएको छ। देशभरी यसको चौतर्फी बिरोध हुँदै गर्दा मंगलबार नेपाल बिद्यार्थी संघ बाँकेले पनि बिरोध जनाउन सुरु गरेको छ।मंगलवार दिउसो नेबिसंघ बाँकेका अध्यक्ष पुर्ण प्रसाद आचार्य नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई कुहिएको तरकारी पठाएको छ। तरकारी हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले ‘नेपाली जनतालाई बिष खान बाध्यपार्ने प्रधानमन्त्रीले भने जापानको पानी पिउने,युरोप र अमेरिकाको तरकारी तथा फलफुल खाने’ बर्तमान सरकारका नाईके प्रधानमन्त्री केपि शर्मा ओलिको चर्को आलोचना गरेका थिए। जनताले भने बिषाक्त तरकारी तथा फलफुल खान बाध्य हुने अनि प्रधानमन्त्रीले युरोपेली तरकारी खाने ? यो कार्य गलत भएको नेबिसंघ बाँकेका उपाध्यक्ष आशिष बर्माले भने। बिरोध कार्यक्रममा नेपाली काङ्ग्रेस नेपालगन्ज उपमहानगरपालिका उपाध्यक्ष धनराज बर्मा, ३ नम्बर नेबिसंघ अध्यक्ष रमेश तिमिल्सिना, नेपालगन्ज उपमहानगरपालिका नेेेबिसंघ अध्यक्ष अनुज बर्मा, कोहलपुर नगर नेबिसंघ सभापति बिबेक शाही ,महेन्द्र बहुमुखी क्याम्पस नेबिसंघका का. बा. इकाइ अध्यक्ष चन्द्र प्रकाश देबकोटा, २ नम्बर अध्यक्ष अनुप बर्मा लगायतको उपस्तिथि रहेको थियो।
Advertisement