दाङ घोराहीका मासु पसलहरु ब्यबस्थित बन्दै
प्रकाशित मिति : २०७६, २५ असार बुधबार ०९:३०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
घोराही(दाङ)। केही समय अघि अब्यबस्थित रहेका दाङ घोराहीका मासु पसलहरु अब भने ब्यबस्थित देखिएका छन्।घोराही उपमहानगरपालिका पशु सेवा शाखाले गरेको मासु पसलहरुको अनुगमनका क्रममा सुधारोन्मुख हुँदै गएको देखिएको हो ।
Advertisement
यस अघिका अनुगमनका क्रममा पटक पटक सुुधार गर्न निर्देशन दिदै आएपछि व्यवसायीहरुले मासु पसल सञ्चालन मापदण्ड अनुसार नै सुधार थालेको पाईएको छ । यसअघि पसल बाहिरै छरपष्टरुपमा मासुहरु झुण्ड्याउने, फलामको रडहरु प्रयोग गर्ने, फ्रिज प्रयोग नगर्ने, सफाई नगर्ने, दर्ता नगर्ने प्रवृत्ति हट्दै गएको र सुधारोन्मुख अवस्थामा पसलहरु रहेको पाईएको छ ।
सबै पसलहरुलाई अनिवार्यरुपमा दर्ता गर्न, खुल्ला मासु नराख्न, झुण्ड्याउँदा फलामको रड प्रयोग नगर्न, सीसा वा जालीको प्रयोग गरेर मासु बेच्न, सरसफाई अनिवार्य गर्न, मूल्य सूचि अनिवार्य राख्न र डि फ्रिजको प्रयोग गरि मासु राख्ने कार्यलाई निरन्तरता दिन अनुगमन टोलिले निर्देशन दिएको छ ।
अनुगमन टोलीले रांगाका १०, खसीका ८, बंगुरका २ र डेरी पसल २ गरी २२ वटा पसलको अनुगमन गरेको छ । मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिने मासु व्यवसायलाई स्वच्छ र व्यवस्थित ढंगले बिक्री वितरण गर्नुपर्ने नगर कार्यबाहक प्रमुख सीता सिग्देल न्यौपानेले सुझाब दिनुभयो।