डुडुवा गाउँपालिका घटनाःबाँके जिल्ला अदालतको आदेशमा कांग्रसका पाँचैैैै जना कार्यकर्ता रिहा "अदालतले न्याय दियो: सभापति कोइराला "
"अदालतले न्याय दियो: सभापति कोइराला "
प्रकाशित मिति : २०७६, २५ असार बुधबार १८:०८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज।ज्यान मार्ने उद्योगको मुद्दा चलाइएका नेपाली कांग्रेस बाँकेका ५ जना कार्यकर्ता आज अदालतबाट रिहा भएका छन् । डुडुवा गाउँपालिका वडा नम्बर ४ मा असार १२ गते भएको घटनामा जिल्ला प्रहरी कार्यालय बाँकेद्वारा ज्यान मार्ने उद्योगको मुद्दा चलाइएका डुडुवा गाउँपालिकाका कांग्रेस कार्यकर्ताहरु सलिम खाँ, हसिब खाँ, रामकुमार यादव, गणेश यादब र दिनेश यादब आज अदालतबाट रिहा हुनुभएको हो । सलिम र हसिबलाई साधारण तारेखमा रिहा गरिएको छ भने रामकुमार, गणेश र दिनेश १०/१० हजार धरौतीमा रिहा हुनुभएको हो ।
Advertisement
आफ्ना कार्यकर्ता अदालतको आदेशमा रिहा भएपछि नेपाली कांग्रेस बाँकेले आज अपरान्ह पार्टी कार्यालयमा एक कार्यक्रम गरी उनीहरुलाई स्वागत गरेको छ । त्यस अवसरमा पार्टी सभापति किरण कोइरलाले प्रहरीले सत्ताको आडमा आफ्ना कार्यकर्तालाई फसाउन खोजेपनि अदालतले न्याय दिएको बताउनुभयो । ‘प्रहरीले फसाउन खोजे पनि अदालतको फैसलाले हामीलाई खुसी बनाएको छ, अदालतको निर्णयको हामी स्वागत गर्दछौं,’ पार्टी सभापति कोइरालाले भन्नुभयो । डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले अदालतको आदेशमा छुटेका आफ्ना कार्यकर्तालाई अनाहकमा फसाइएको पुष्टि भएको बताउनुभयो ।
डुडुवा गाउँपालिका वडा नम्बर ४ मा असार १२ गते भएको घटनामा समाजवादी पार्टीबाट निर्वाचित वडा नम्बर ४ का वडा अध्यक्ष सगिर खाँ नेतृत्वको एक समूहले आफ्ना कार्यकर्तालाई घरमै पुगेर कुटपिट गरेपनि सत्तारुढ समाजबादी पार्टीका मन्त्रीको दबाबमा प्रहरीले आफ्ना निर्दोष कार्यकर्तालाई अनाहकमा पक्राउ गरी ज्यान मार्ने उद्योगको मुद्दा चलाएको भन्दै नेपाली कांग्रेस बाँके आन्दोलनमा थियो । त्यस घटनामा संलग्न सार्वजनिक मुद्दा लगाइएका समाजबादी पार्टीका ४ जना कार्यकर्ता भने हिजै जिल्ला प्रशासन कार्यालयबाट २/२ हजार धरौटीमा रिहा भइसकेका थिए ।