तरुण दल महासचिव शाहीद्वारा सरकारको गलत क्रियाकलापको सशक्त ढगंले भण्डाफोर गर्न आह्वान
प्रकाशित मिति : २०७६, २८ असार शनिबार १४:०८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलका महासचिव भुपेन्द्रजगं शाहीले तरुण दल बाँकेका कार्यकर्ताहरु सँग शनिबार नेपालगन्जमा छलफल गरेका छन् ।
कार्यकाल सकिनै लाग्दा जिल्ला दौडाहमा हिंडेका महासचिव शाहीले माउ पार्टीले तरुण दलको केन्द्रिय कमिटि विस्तार गराउन नसकेको भन्दै अन्तिम चरणमा आएर आँफु राजीनामा दिन बाध्य हुन सक्ने बताए ।
बाँके तरुण दलका नेता तथा कार्यकर्तालाई सबै अनुशासित भएर संगठनको काममा लाग्न निर्देशन दिंदै महासचिव शाहीले सरकारको गलत क्रियाकलापको सशक्त ढगंले भण्डाफोर गर्न आह्वान समेत गरे।
महासचिव शाहीले संगठनमा आवद्ध युवाहरु सक्रिय भएर नेतृत्वलाई विधान र प्रक्रिया अनुसार चल्न दवाव समेत दिनु पर्ने बताए ।
केन्द्रिय कार्यसमितिको कार्यकाल सकिन करिव ४ महिना मात्रै बाँकी रहँदा सम्म पनि कमिटि विस्तार हुन नसक्नु दूर्भाग्यपूण भएको भन्दै महासचिव शाहीले पार्टी नेतृत्वले उचित निर्णय लिन नसक्ने र अध्यक्षले पनि कमिटि विस्तार गर्न पहल नगर्ने हो भने आँफु बाध्य भएर कमिटि विस्तार गर्ने तर्फ लाग्ने भन्दै नेतृत्वलाई चुनौति दिए ।
नेकपाको दूई तिहाइको सरकार अहिले ब्याक फुटमा पुगेकाले जिल्ला नेतृत्वलाई अनुशासित ढगंले सरकारका गलत कामको डटेर विरोध गर्न आग्रह गर्दै महासचिव शाहीले संगठनलाई नागरिकका दैनिक जिवन यापनमा आइपरेको समस्या समाधानलाई संगठनको एजेण्डा बनाउँदै लैजान निर्देशन समेत दिए ।
तरुण दल बाँकेका अध्यक्ष एवं जिल्ला कमिटि सदस्य विरेन्द्र बहादुर शाहको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा जिल्लाका विभिन्न तहमा रहेका तरुण कार्यकर्ताहरुले महाचिव शाही समक्ष संगठनको अवस्थाका बारेमा प्रश्न राखेका थिए ।
Advertisement