बाँकेको राप्ती नदीमा पानीको सतह ५.९३मिटर पुग्यो, सतर्क रहन प्रशासनको आग्रह
प्रकाशित मिति : २०७६, २८ असार शनिबार १९:१८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । बाँकेको राप्ती नदीमा पानीको सतह खतरा भन्दा माथि पुगेको छ । राप्ती नदीमा अहिले पानीको सतह ५ मिटर ९५ सेन्टिमिटर पुगेको छ । कुसुमस्थित जल मापन केन्द्रले राप्ती नदीमा पानीको सतह बढ्दै गएको बताएको छ । नदी तटीय क्षेत्रका बासिन्दालाई सजक रहन भन्दै साइरन बजाई सकिएको बाँके प्रहरी प्रमुख वीर बहादुर ओलिले बताउनुभयो । राप्ती नदीमा पानीको सतह खतरा भन्दा माथि पुगेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । ओलिका अनुसार प्रहरी निरीक्षकको कमान्डमा ३५ जना सुरक्षाकर्मीहरुलाई आपतकालिन उद्दारका लागि तैनाथ गरिएको छ।राप्ती सोनारी, डुडुवा र नरैनापुरका दर्जन बढी गाउँ बाढीको उच्च जोखिममा छन् । केही बेर अघि मात्र ओलि बाँके डुडुवा स्थित सिधनवा गएर निरीक्षण गरेर फर्कीनु भएको हो।
Advertisement