नेपालले मलेसियालाई हराउदै जित्यो टी-२० अन्तर्राष्ट्रिय सिरिज
प्रकाशित मिति : २०७६, २९ असार आईतवार ११:३५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
क्वालालम्पुर। नेपालले मलेसियालाई हराउदै टी २० अन्तर्राष्ट्रिय सिरिज जितेको छ।आइतबार क्वालालम्पुरस्थित किनरारा ओभलमा भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ६ रनले हराएर दुवै खेल जितेको हो।
Advertisement
नेपालले टी २० सिरिज क्लिन स्विप गरेको यो पहिलो पटक हो। ६ महिनाअघि युएईविरुद्धको ३ खेलको सिरिज नेपालले २/१ ले जितेको थियो।यसअघि नेपालले शनिबार भएको पहिलो टी २० खेलमा मलेसियलाई ७ विकेटले हराएको थियो।आइतबार नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ७ विकेटको क्षतिमा १६७ रन मात्र जोड्न सक्यो।
अन्तिम ओभरमा जितका लागि १६ रन चाहिएको मलेसियाको ३ विकेट बचेको थियो। तर नेपालका अभिनास बोहराले अन्तिम ओभरमा ७ रन मात्र दिँदा मलेसियाले सिरिज बराबरी गर्ने मौका गुमायो।
मलेसियाका लागि ओपनिङ ब्याट्सम्यान सयद अजिजले ५० रनको योगदान दिए। उनले ३७ बलमा ७ चौका र १ छक्का हिर्काए। अर्का ओपनर विरन्दीप सिंहले २३ रन जोडे।
अजिज र सिंहबीच पहिलो विकेटका लागि ७१ रनको साझेदारी हुँदा नेपाल दबाबमा परेको थियो। तर दशौं ओभरमा नेपालका अभिनासले अजिजलाई आउट गरेका थिए।
आगामी साउन ६ देखि सिंगापुरमा हुने आइसिसी टी २० विश्ववकप एसिया छनोट प्रतियोगिताको तयारीका लागि नेपालले मलेसियासँग २ खेलको टी २० सिरिज खेलेको हो।