विप्लवका चार कार्यकर्ता अदालतले रिहा गरे लगत्तै पक्राउ
प्रकाशित मिति : २०७६, ३१ असार मंगलवार १०:५५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
तनहुँ ।विप्लव समूह निकट चार कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ ।जिल्ला अदालत तनहुँको आदेशमा रिहा भएका चन्द निकट चार कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।
Advertisement
पक्राउ पर्नेमा उक्त समूहका कास्की जिल्ला सेक्रेटरी जङ्गबहादुर भण्डारी, कास्की जिल्ला घर भएका अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष काजी गुरुङ, रुकुम घर भएका अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य मिलन राई र कास्कीको अन्नपूर्ण गाउँपालिका घर भएका कार्यकर्ता सन्तोष विक छन् ।
राजद्रोहको मुद्दामा गत असार ४ गतेदेखि तनहुँ प्रहरीको हिरासतमा रहेका उनीहरुलाई अदालतले सोमबार फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६९ बमोजिम साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो ।
उनीहरु विरुद्ध स्याङ्जा जिल्ला अदालतमा राजद्रोहको मुद्दा दर्ता भएका कारण जिल्ला प्रहरी कार्यालय स्याङ्जाको पत्रअनुसार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । लामिछानेका अनुसार पक्राउ परेका चारैलाई स्याङ्जा पठाइनेछ ।
गत असार ४ गते चारै जनालाई प्रहरीले पोखराको मुस्ताङचोकबाट पक्राउ गरी तनहुँ ल्याएको थियो । बन्दी प्रत्यक्षीकरणको रिटमा उच्च अदालत पोखराले उनीहरु सबैलाई रिहा गर्न असार ३ गते आदेश दिएको थियो ।उनिहरु सोमबार रिहा भए लगत्तै पक्राउ परेका हुन् ।