नेपालगञ्जमा विश्वविद्यालय माग्दै डेलिगेशन टोली बुटवल पुग्यो
प्रकाशित मिति : २०७६, २ श्रावण बिहीबार १४:२५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज, साउन २ । विश्वविद्यालय स्थापनाको माग गर्दै नेपालगञ्जबाट गएको डेलिगेशन टोलीले मुख्यमन्त्री शंकर पोखरेलसंग भेटघाट गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा.धवल शम्शेर राणाको नेतृत्वमा गएको डेलिगेशन टोली र बाँकेबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरु सहितले मुख्यमन्त्री पोखरेलका सामु नेपालगञ्जमा विश्वविद्यालय स्थापनाको लागि आवश्यक पूर्वाधार र सम्भावनाका बारेमा प्रस्ट्याएका थिए । पाँच नम्बर प्रदेशसभा सांसद् तथा नेकपा बाँकेका अध्यक्ष आइपी खरेलले पाँच नम्बर प्रदेशको लुम्बिनीमा बौद्ध विश्वविद्यालय र दाङ्गमा नेपाल संस्कृत विश्वविद्यालय भएको अवस्थामा विद्यार्थी संख्या तथा सहजताको कारणले पनि बाँकेको नेपालगञ्जमा प्रदेशस्तरको विश्वविद्यालय स्थापना गरिँदा न्यायोचित हुने बताउनुभयो । नेपालगञ्जमा विश्वविद्यालय स्थापनाका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार, प्राइम लोकेशनमा जमिनको उपलब्धता गराउने तथा अन्य आवश्यक संरचना दिन नेपालगञ्जबासी तयार रहेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. राणाले मुख्यमन्त्री पोखे्रल समक्ष प्रतिबद्धता जनाउनुभयो । नेपालगञ्ज विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिका संयोजक पशुपतिदयाल मिश्रले राज्यको नेपालगञ्जप्रतिको हेपाह नजरको कारण संघीय संसद्मा सबै पूवार्धार अध्ययन पूरा गरी तयार पारिएको नेपालगञ्ज विश्वविद्यालय विद्येयक संसद्मा पुगेर पनि थन्कनु परेको बताउनुभयो। महेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख गणेश रेग्मी, सहायक क्याम्पस प्रमुखहरु रविन्द्र कर्ण, हरिप्रसाद तिमिल्सेनाले विश्वविद्यालय स्थापनाको लागि शैक्षिक क्षेत्रको अवस्था, विद्यार्थी संख्या तथा अन्य पूर्वाधारको बारेमा जानकारी गराउनुभएको थियो । मुख्यमन्त्री पोख्रेलले प्रदेश सरकारले विकासमा कसैलाई काखा र पाखा नगरेको स्पष्ट पार्दै विश्वविद्यालय स्थापनाका लागि सबै पूर्वाधार र आवश्यक प्रक्रिया पूरा हुनसम्ने अवस्थामा आफू नेपालगञ्जप्रति सकारात्मक भएको बताउनुभयो । डेलिगेशन टोलीमा नेकपा बाँकेका नेता अशोक कोइराला, नेपाली काँगे्रसका शुधान्शु कोइराला, समाजबादी पार्टीका राजन राना, राप्रपाका नरेन्द्र पौडेल, नेपालगञ्ज उद्योग बाणिज्य संघका बिन्दु चर्तिमगर, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका क्याम्पस प्रमुख रेग्मी लगायत प्रदेश राजधानी बुटवलमै बाँकेबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरुको सहभागिता रहेको थियो ।
Advertisement