बिश्वकप छनौटमा नेपाल एसियाकै सबैभन्दा बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियाको समुहमा
प्रकाशित मिति : २०७६, ३ श्रावण शुक्रबार १०:४६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । नेपालले बिश्वकप फूटबल २०२२ का लागि छनौट खेलमा एसियाकै सबैभन्दा बलियो प्रतिद्वन्द्वी अस्ट्रेलिया पाएको छ।फिफा विश्वकप छनोटमा खराब इतिहास रहेको नेपालका लागि सन् २०२२ मा कतारमा हुने विश्वकपको छनोट प्रतियोगिता पनि चुनौतीपूर्ण देखिएको छ।
Advertisement
एसियाली राष्ट्रको दोस्रो चरणको छनोटमा नेपालले आफू भन्दा बलिया प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्नु पर्नेछ। समूह ‘बी’ परेको नेपालले पाँच पटक विश्वकप खेलिसकेको अस्ट्रेलियासहित एसियाको पावर हाउस जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ। समूहमा रहेका चाइनिज ताइपेई र कुवेतको स्तर पनि नेपालभन्दा माथि छ।
छनोट प्रतियोगितामा नेपालका लागि राम्रो पक्ष भनेको २ वटा प्रतिद्वन्द्वीसँग केहि महिनाअघि मैत्रीपूर्ण खेल खेल्नु हो। नेपालले गत चैतमा कुवेतविरुद्ध २ वटा मैत्रीपूर्ण खेल खेलेको थियो। पहिलो मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको नेपाल दोस्रो मैत्रीपूर्ण खेलमा १(० ले पराजित भएको थियो। यस्तै २ महिनाअघि ताइपेईविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले १(१ को बराबरी खेलेको थियो।
तीनै वटा खेल विपक्षीको मैदानमा खेलेको नेपालले राम्रो खेलेको प्रशिक्षक योहान कालिनको भनाइ छ। कालिनको भनाइ छ, ‘कुवेत र ताइपेईको खेलबाट म सन्तुष्ट छु। हामीले बलिया प्रतिद्वन्द्वी भएपनि राम्रो खेल देखायौं।’
नेपालका लागि बाँकी २ प्रतिद्वन्द्वी भने चुनौतीपूर्ण देखिएका छन्।
अस्ट्रेलिया सन् २०१५ को एसियन च्याम्पियन हो। विश्वकप फुटबलमा समेत राम्रो प्रभाव छाडेको अस्ट्रेलिया फिफा वरीयतामा नेपाल भन्दा १३३ स्थान माथि छ। अस्ट्रेलियन टिमका अधिकांस खेलाडी युरोपका चर्चित क्लबबाट व्यवासयिक फुटबल खेलिरहेका छन्। उसले पछिल्लो मैत्रीपूर्ण खेलमा कुवेतलाई उसैको घरेलु मैदानमा ४(० गोलले पराजित गरेको थियो। जुन टिमविरुद्ध नेपालले अहिलेसम्म जित्न सकेको छैन।
एसियाकै बलियो टिम मध्ये एक अस्ट्रेलियासँग नेपालले पहिलो उसैको मैदानमा आगामी असोज २३ गते खेल्दैछ। यो खेलमा नेपाललाई तीव्र दबाब हुने पक्का छ।
नेपालका प्रशिक्षक कालिन एसियाका बलिया टिमबाट हुने दबाब झेल्नका लागि तयार हुनु पर्ने बताउँछन्। ‘विश्वकप छनोटमा हामीलाई कठिन हुनेमा सचेत छौं। अहिलेलाई नतिजा ठूलो होइन जस्तो लाग्छ। राम्रो टिम बनाउनु नै महत्वपूर्ण कुरा हो, बलिया टिमलाई ह्यान्डल गर्न सक्नुपर्छ,’ कालिनको भनाइ छ।
जोर्डन पनि एसियाको बलियो टिममा पर्छ। जोर्डनले एसिया कपमा अस्ट्रेलियालाई १-० ले हराएको थियो। यस्तै पछिल्ला मैत्रीपूर्ण खेलमा जोर्डनले प्रभावशाली खेल देखाइरहेको छ। चीनसँग १(१ को बराबरी खेलेको जोर्डनले विश्वकप २०१८ को उपविजेता क्रोएसियासँग पनि मैत्रीपूर्ण खेल खेलेको थियो। गत अक्टोबरमा भएको मैत्रपूर्ण खेलमा क्रोएसियाले जोर्डनमाथि २-१ को जित निकालेको थियो।
विश्वकप छनोटमा कठिन हुने बुझेको नेपाली फुटबल टिमले फिफा विश्वकपको दोस्रो चरणको तयारी एक महिनाअघि नै थालेको थियो। छनोटअघि नेपालले मैत्रीपूर्ण खेले तयारी गर्नु पर्ने देखिन्छ। मैत्रीपूर्ण खेल्नका लागि एन्फा सकारात्मक छ। एन्फाका पदाधिकारीले बिहीबार राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवाललाई भेटेर प्रशिक्षण ठिकको तथा छनोटका लागि मैत्रीपूर्ण खेल्न पर्ने बताएका थिए।
यसअघि नेपालका प्रशिक्षक कालिनले पनि विश्वकप छनोटका लागि मैत्रीपूर्ण खेल्नु पर्ने बताइसकेका छन्। ‘मध्यम टिमसँग मैत्रीपूर्ण खेलेर तयारी गर्ने योजना छ,’ प्रशिक्षक कालिनको भनाइ छ, ‘ विश्वकप र एसिया कप छनोटका लागि राम्रो तयारी गर्नुपर्ने अवस्था छ। हामीले बलिया टिमसँग खेल्नुपर्नेछ, उनीहरूको समाना गर्नसक्ने हुनुपर्छ।’
प्रशिक्षकमा कालिन आएपछि नेपाली टिममा केहि सुधार देखिएको छ। उनले भनेअनुसार टिममा परिवर्तन हुन सके नेपालले कुवेत र ताइपेईसँग राम्रो खेल्न सक्छ भने जोर्डन र अस्ट्रेलियाविरुद्ध डराउनु पर्ने अवस्था हुनेछैन।
फिफा वरीयता
अस्ट्रेलिया – ४३
जोर्डन-९८
चाइनिज ताइपेई – १२५
कुवेत – १५६
नेपाल – १६५
नेपालको हेड टु हेड
अस्ट्रेलियासँग अहिलेसम्म खेल नभएको
चाइनिज ताइपेविरुद्ध
खेल – १
नतिजा – १ बराबरी
गोल गरेको – १ गोल
गोल खाएको – १ गोल
जोर्डनविरुद्ध
खेल – २
नतिजा- १ बराबरी, १ हार
गोल खाएको – १० गोल
गोल गरेको – १ गोल
कुवेतविरुद्ध
खेल – ६
नतिजा – १ बराबरी, ५ हार
गोल गरेको – १
गोल खाएको -२२
विश्वकप छनोटमा नेपालको खेल
कुवेतविरुद्ध
भदौ १९ गते – होम म्याच
मसिंर ३ गते – अवे म्याच
चाइनिज ताइपेईविरुद्ध
भदौ २४ गते – होम म्याच
चैत १३ गते – अवे म्याच
अस्ट्रेलियाविरुद्ध
असोज २३ गते – अवे म्याच
चैत १८ गते – होम म्याच
जोर्डनविरुद्ध
असोज २८ गते – होम म्याच
जेठ २२ गते९२०७७० – अवे म्याच
श्रोत: सेतोपाटी ।