नेपालगन्ज उपमहानगरपालीकाद्वारा हज गर्न जान लागेका यात्रुहरुलाई सम्मानसहित बिदाई
प्रकाशित मिति : २०७६, ४ श्रावण शनिबार २०:४६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । नेपालगन्जबाट साउदीको मक्का मदिनामा हज गर्न जान लागेका यात्रुहरुलाई शनिबार बिदाई गरिएको छ। साउदी जान लागेका १२३ जना हज गर्न जान लागेकालाई नेपालगन्ज उपमहानगरपालिकाले सम्मान सहित बिदाई गरेको हो। प्रदेश सभा सदस्य कृष्णा केसी( नमुना), नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवल शमशेर राणा, उप मेयर उमा थापा मगर, वडा नम्बर ४ का अध्यक्ष मो. सफिक बेहना, वडा नम्बर ६ का अध्यक्ष समीर प्रताप सिंह लगायत अन्य वडाका अध्यक्षहरुले हज यात्रीहरुलाई दोसल्ला ओढाइ बिदाई गरेका थिए। त्यस्तै बिदाई कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता बाँके कांग्रेसका जिल्ला सदस्य सुधान्सु कोइराला,राप्रपाका केन्द्रिय सदस्य ऋषिराज देबकोटा, नेपालगन्ज जेसिसकि वरिष्ठ उपाध्यक्ष पिन्की शाह, राप्रपाकि नेत्री बिन्दु चर्ती मगर, समाजसेबि मो. सलिम मुसलमान लगायत सबैलाई बिदाई गरेका थिए।बिदाई कार्यक्रममा मेयर राणा लगायत अध्यक्ष बेहना लगायत केन्द्रिय सदस्य देबकोटाले सबै हज यात्रीहरुलाइ सुरक्षित भएर गइ हज पूरा गर्न सुभकामना दिएका थिए। बिपि चोक स्थित इदगाहमा भएको बिदाई कार्यक्रममा करिब १००० बढीको उपस्थिति रहेको थियो। हजयात्री सबैलाई आजै बस मार्फत काठमाडौं पठाइएको छ। उनिहरु पर्सी ११ बजे साउदी जानेछन् ।
Advertisement