मालबहाक गाडी ६ दिनदेखि नेपालगञ्ज नाकामा ठप्प, दैनिक २ करोड राजश्व घाटा
प्रकाशित मिति : २०७६, ६ श्रावण सोमबार १२:५९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । भारतबाट आउने मालबहाक गाडी ६ दिनदेखि नेपालगञ्ज नाकामा अलपत्र परेका छन् । भ्याट र ट्रयाकिङ्गको विरोध गर्दै भन्सार एजेन्टले काम बन्द गरेपछि साउन १ गतेदेखि नेपालगञ्ज नाका भएर कुनै पनि मालबहाक गाडी नेपाल नभित्रिएको प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले बताउनुभयो । ६ दिनदेखि भन्सार नभएपछि नेपालगञ्ज नाकामा मालबहाक गाडीको लामो लाइन लागेको छ । मालबहाक गाडी नेपाल भित्रिन नपाएपछि नेपालगञ्ज भन्सारको राजश्व संकलन समेत प्रभावित भएको छ । दैनिक करिब साढे ३ करोड राजश्व संकलन हुँदै आएकोमा साउन १ गतेदेखि भने १ करोडको हाराहारीमा मात्रै राजश्व संकलन भइरहेको प्रमुख भन्सार अधिकृत निरौलाले जानकारी दिनुभयो ।
Advertisement