नेपालगन्ज भन्सारको लक्ष्य अनुसार राजश्व असुली पुरा
प्रकाशित मिति : २०७६, ८ श्रावण बुधबार ११:२६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
लक्ष्मण ढुंगाना/ नेपालगन्ज ।नेपालगन्ज भन्सार कार्यालयले भन्सारको लक्ष्य पूरा गरेको छ।आर्थिक वर्ष २०७५÷७६ मा लक्ष्य अनुसारको राजश्व असुली गरेको छ । कार्यालयमा असारको अन्तिम साता असुली भएको २४ करोड २९ लाख राजश्वले यसबर्षको लक्ष्य पुरा भएको हो ।
कार्यालयका अनुसार असार महिनाको मासीक लक्ष्य १ अर्ब २३ करोड ३० लाख ११ हजार रहेकोमा असार २४ गतेसम्म ८२ करोड मात्रै राजश्व संकलन भएको थियो । असार २५ गते देखी यता कार्यालयले एक सातामै करिव सवा २४ करोड राजश्व असुली गरेको थियो । लक्ष्य अनुसार राजश्व असुली गर्न निकै मुस्किल भईरहेको भन्सारलाई असारमा मात्र १ अर्ब ६ करोड ३० लाख ७३ हजार रुपैयाँ असुलीगर्न सफल भएपछि बार्षिक लक्ष्य पुरा भएको प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले बताए । ‘असारको लक्ष्य पुरा नभएपनी बार्षिक लक्ष्य पुरा भएको छ’ उनले भने ‘अन्तिम सातामा संकलित राजश्वले हाम्रो लक्ष्य पुरा गर्न निकै राहत मिल्यो ।’
असार २४ गतेसम्मको अवस्था हेर्दा बार्षिक लक्ष्य पुरा नहुने देखिएपछी पुराना मुद्दा फैसला, पैठारी भएर आएका सबै सामानको जाँचपास र मुल्यांकन रेटका साथै चौरी पैठारी नियन्त्रणमा कडाई गरेपछि मुस्किलले लक्ष्य पुरा गर्न सफल भएको उनको भनाई छ ।
भन्सार विभागले कार्यालयलाई आर्थिक वर्ष २०७५÷७६ का लागि १२ अर्ब ३३ करोड १ लाख १६ हजार रूपैयाँ राजश्व असुल्ने बार्षिक लक्ष्य दिएकोमा १२ अर्ब ३३ करोड ५५ लाख ७१ हजार रुपैयाँ असुली गरेको हो । यो रकम लक्ष्यभन्दा ५४ लाख ५५ हजारले बढी हो ।
कार्यालयले संकलन गरेको राजश्व मध्य सवैभन्दा बढी भन्सार महशुल ५ अर्ब ९३ करोड ४८ लाख, मुल्य अभिबृद्धि कर ५ अर्ब ६२ करोड ५५ लाख, अन्त शुल्क २८ करोड ३५ लाख र अन्य ४९ करोड १६ लाख ६७ हजार रुपैया असुली गरेको छ । सो अवधिमा कार्यालयले सबैभन्दा बढी पेट्रोलियम पद्धार्थबाट राजश्व असुलीमा योगदान पुगेको प्रमुख निरौलाको भनाई छ ।
उनका अनुसार डिजलबाट ३ अर्ब १० करोड ६५ लाख, २८ हजार, पेट्रोलबाट १ अर्ब ३२ करोड ४४ लाख ६३ हजार, ग्याँसबाट ५० करोड ९१ लख ३७ हजार, चामलबाट ४८ करोड २० लाख ६ हजार, क्लिंकरबाट ३८ करोड ८६ लाख ६८ हजार, स्ल्याग एण्ड एस (खरानी)बाट १३ करोड ४९ लाख ८९ हजार, ट्याक्टरबाट १२ करोड ९८ लाख ९२ हजार राजश्व असुली गरिएको छ ।
भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७४÷७५ मा ८ अर्ब ३७ करोड ६४ लाख ५२ हजार लक्ष्य लिएकोमा १० अर्ब २७ करोड २२ लाख २६ हजार अर्थात १२२.६३ प्रतिशत संकलन गरेको थियो । अघिल्लो आर्थिक वर्र्ष २०७३÷७४ मा ५ अर्ब २० करोड ५३ लाख ८७ हजार राजश्व उठाउने लक्ष्य लिएकोमा ७ अर्ब २० करोड ७३ लाख ३२ हजार अर्थात् १३८.४५ प्रतिशत संकलन गरेको भन्सार कार्यालयको रर्कड छ ।
भन्सार कार्यालयले आर्थिक वर्ष २०७५÷७६ को साउनमा ८६ करोड ३१ लाख ८ हजार लक्ष्य लिएकोमा ९१ करोड १५ लाख ९३ हजार असुली ग¥यो । यस्तै भदौंमा ९८ करोड ६४ लाख ९ हजार लक्ष्य लिएकोमा १ अर्ब १५ करोड ७८ लाख ९ हजार, असोजमा ८६ करोड ३१ लख ८ हजार लक्ष्य लिएकोमा १ अर्ब १९ करोड ७ लाख ५९ हजार, कात्तिकमा ९८ करोड ६४ लाख ९ हजार लक्ष्य लिएकोमा ९५ करोड ९ लाख ३४ हजार, मंसिरमा ९८ करोड ६४ लाख ९ हजार लक्ष्य लिएकोमा १ अर्ब २९ लाख ८३ हजार राजश्व असुली गरेको छ ।
यस्तै पुस महिनामा ९८ करोड ६४ लाख ९ हजार लक्ष्य लिएकोमा ९९ करोड १७ लाख ५३ हजार, माघमा ९८ करोड ६४ लाख ९ हजार लक्ष्य लिएकोमा ९४ करोड ६७ लाख ७५ हजार, फागुनमा १ अर्ब १० करोड ९७ लाख ११ हजार लक्ष्य लिएकोमा ९३ करोड ५ लाख ८३ हजार, चैतमा १ अर्ब १० करोड ९७ लाख ११ हजार लक्ष्य लिएकोमा १ अर्ब ५ करोड १४ लाख ३१ हजार, बैशाखमा १ अर्ब १० करोड ९७ लाख ११ हजार लक्ष्य लिएकोमा ९८ करोड २२ लाख १३ हजार, जेठमा १ अर्ब १० करोड ९७ लाख ११ हजार लक्ष्य लिएकोमा १ अर्ब १५ करोड ५६ लाख ६५ हजार असुली गरेको छ ।
Advertisement