गएराति देखि परेको बर्षाले बाँकेको राप्ती नदीमा पानीको सतह बढदै
प्रकाशित मिति : २०७६, ८ श्रावण बुधबार १५:५८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
कुसुमस्थित नदी मापन केन्द्रका गेजरिडर भद्रबहादुर थापाका अनुसार, राप्ती नदीमा पानीको सतह बढ्दै गइरहेको छ । बुधबार विहान ६ बजे २ मिटर ५५ सेन्टीमिटर रहेको पानीको सतह ११ बजे ४ मिटर ५० सेन्टीमिटर पुगिसकेको छ । पहाडी जिल्लामा भारी वर्षा भएकाले नदीमा पानीको सतह बढ्दै गइरहेको छ । प्यूठान र रोल्पामा पानी पर्दा राप्ती नदी बढ्ने गर्दछ ।
यसपाली राप्ती नदीको सतह ६ मिटरसम्म पुगेको छ । असार २९ गते नदीमा पानीको सतह ६ मिटर मापन गरिएको थियो । तथापि, नदी गाउँ पसेन । कुसुममा ६ मिटर मापन गरिएको पानी तटीय क्षेत्रमा आइपुग्दा फैलिएकाले डुवान हुन नपाएको जानकारहरु बताउँछन् ।कुसुमदेखि तटीय क्षेत्र होलिया, बेतहनीसम्म पानी आउनलाई ४/५ घण्टा लाग्छ । पछिल्लो वर्षहरुमा नदीले धार परिवर्तन गरेको छ ।