गुल्मीमा पहिरोमा परी मृत्यु भएका १३ जनाकै शव आफन्तले बुझे
प्रकाशित मिति : २०७६, १० श्रावण शुक्रबार १९:३९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
गुल्मी ।गत मंगलवार राति गुल्मीको सत्यवति गाउँपालिकामा पहिरोमा परी मृत्यु भएका १३ जनाकै शव आफन्तले बुझेका छन् । बेपत्ता सबैको शव भेटिएपछि पोष्टमार्टम गरेर शुक्रबार आफन्तलाई बुझाइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।
Advertisement
गत मंगलवार राति अविरल वर्षासँगै आएको पहिरोमा परी सत्यवति गाउँपालिका वडानम्बर ३ र ४ को लिम्घा र ठूलो लुम्पेकमा डेढ वर्षीय बालक सञ्जु बिकसहित तारा बिक, माया बिक, बबी बिक, निर्मला बिक, पम्फा बिक, अञ्जली बिक, हिमान्सु बिक, छली बिक, सिवानी बिक, तिलकुमारी तरामु, दर्शन तरामु र दुर्गाबहादुर सिंजालीको मृत्यु भएको थियो ।
पहिरोमा घाइते भएका ठूलो लुम्पेकका करिष्मा र धनी त्ररामुलाई भने दुई दिनपछि हेलिकोप्टरमार्फत उपचारको लागि काठमाडौं लगिएको छ । घाइते २ जनाको टाउकोमा चोट भएकाले थप उपचारको लागि काठमाडौं पठाउनु परेको उपचारमा खटिएकी डाक्टर शिला ढकालले जानकारी दिइन् ।