नेपालगन्ज उपमहानगरले सुरु गर्यो फुटपाथ ब्यबस्थापन
प्रकाशित मिति : २०७६, १० श्रावण शुक्रबार २०:००
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।नेपालगन्ज उपमहानगरपालिका नगर प्रहरीले बिशेष अभियान थालनी गरेको छ। नगर प्रहरी निरीक्षक सुर्य बहादुर बोगटीका अनुसार बजार क्षेत्रभित्र अतिक्रमण गरिएका फुटपाथलाई हटाउन सुरु गरिएको हो । शुक्रवार दिउँसो जिल्ला ट्राफिक कार्यालय बाँके, जिल्ला प्रहरी र नेपालगञ्ज उप-महानगरको संयुक्त पहलमा फुटपाथ अतिक्रमण गरी राखिएका सामग्रीहरु हटाउन सुरु गरिएको हो ।
Advertisement
जिल्ला ट्राफिक प्रहरी बाँकेका प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमका अनुसार अभियानको पहिलो दिन शुक्रबार सुर्खेतरोडको कारकाँदो चोकदेखि बीपि चोकसम्म बाटोको दुबैतर्फका फुटपाथ अतिक्रमण गरी राखिएका सामाग्री हटाइएको छ । फुटपाथमा ब्यापारीक प्रयोजनकालागि राखिएका सामान हटाउन खोज्दा अटेर गर्नेको सामान नियन्त्रणमा लिइएको थियो ।
नेपालगन्ज उपमहानगरभित्र पर्ने फुटपाथमा अतिक्रमणले गर्दा बाटो हिड्नेलाई असहज भएको र सवारी दुर्घटनाको जोखिम बढेको जन गुनासो आएपछि संयुक्त अभियान सुरु गरिएको नगर प्रहरी निरीक्षक बोगटीले बताए।
सडकमा अब्यवस्थित तरिकाले पार्किङ्ग गरेको मोटरसाईकल र फुटपाथमा व्यापारिक प्रयोजनको लागि राखिएको सामान समेत नियन्त्रणमा लिएर नेपालगञ्ज उपमहानगरपालिकामा बुझाएको बोगटीले बताए ।