यतीले पोखराबाट भैरहवा, भरतपुर, नेपालगन्ज र माउन्टेन फ्लाइट गर्ने
प्रकाशित मिति : २०७६, ११ श्रावण शनिबार १३:३५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं । निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले पोखराबाट भैरहवा, भरतपुर र नेपालगन्ज उडान गर्ने घोषणा गरेको छ। यतीले ३० सिट क्षमतायुक्त ‘जेटस्ट्रिम-४१’ जहाजमार्फत पोखराबाट ती तीन सहरमा उडान गर्न लागेको हो । त्यसबाहेक पोखराबाटै दैनिक ‘अन्नपूर्ण एक्सप्रेस’ माउन्टेन फ्लाइट पनि सुरु गर्ने जनाएको छ।
Advertisement
यतीले साउन १६ बाट भैरहवाका लागि पोखराबाट दैनिक उडान सुरु गर्ने छ। आगामी भदौ १५ बाट भरतपुर, भदौ २९ देखि माउन्टेन फ्लाइट र नेपालगन्जका लागि ‘चार्टर्ड फ्लाइट’ सञ्चालन गर्ने कम्पनीले जानकारी दिएको छ।
कम्पनीका अनुसार सस्तो भाडामा २० मिनेट उडानमार्फत पोखरा र भैरहवा जोडिने छ। पोखरा विमानस्थलबाट ३० मिनेटको माउन्टेन फ्लाइट गरिने छ।
सन् १९९८ मा स्थापना भएको यतीले हाल काठमाडौंबाट पाँचथान ‘एटिआर७२-५००’ र पाँचथान ‘जेटस्ट्रिम-४१ जहाजबाट दैनिक करिब चार दर्जन उडान गर्दै आएको छ।
यतीको भगिनी वायुसेवा तारा एयरले चारथान ‘ट्विनअटर’ र दुई ‘डोर्नियर-२२८’ बाट जोमसोम, लुक्ला, डोल्पा, सिमिकोट, जुम्ला, रारालगायत विकट गन्तव्यमा उडान गरिरहेको छ ।