रक्त संचार सेवा केन्द्रमा लाग्ने सम्पुर्ण सेवा शुल्क निशुल्क गराउने अध्यक्ष बर्माको घोषणा
प्रकाशित मिति : २०७६, १२ श्रावण आईतवार १६:५१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । नेपालगन्जको वडा नम्बर २२ ले रक्त संचार सेवा केन्द्र नेपालगन्जमा लाग्ने सम्पुर्ण सेवा शुल्क निशुल्क गराउने भएको छ।पुरैनीमा आयोजित रक्त संचार दिवस कार्यक्रममा २२ नम्बर वडाका अध्यक्ष बिद्याराम बर्माले गरिब,असहाय,जेष्ठ नागरिक तथा आर्थिक अवस्था कमजोर भएकालाई रक्त संचार सेवा केन्द्र नेपालगन्जमा लाग्ने सम्पुर्ण सेवा शुल्क वडाको अनुदान रकमबाट भुक्तानी हुने गरि नि-शुल्क उपलब्ध गराउने घोषणा गरेका हुन् । अध्यक्ष बर्माको सर्हानिय कार्यप्रती वडाबासीहरुले धन्यवाद समेत दिएका छन् ।कार्यक्रममा अध्यक्ष बर्मासहित नेपाल रेड्क्रस सोसाइटी प्रदेश न.५ का कोषाध्यक्ष राजकुमार बर्मा, रेड्क्रस सोसाइटी पुरैनी उप शाखाका सभापति फनबहादुर गुरुङ लगायत अन्यको सहभागीता रहेको थियो।
Advertisement