यसरी सुध्रिदै छ नेपालगञ्ज उपमहानगरपालिकाको कर्मचारी प्रशासन "स्टाफनर्स सहित निशुल्क स्वास्थ्य चेकजाँचको ब्यवस्था "
"स्टाफनर्स सहित निशुल्क स्वास्थ्य चेकजाँचको ब्यवस्था "
प्रकाशित मिति : २०७६, १३ श्रावण सोमबार १४:४८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकाको दैनिक कामकाजलाई अझ प्रभावकारी बनाउन कर्मचारीहरुको दैनिक प्रतिवेदन तयार गर्न थालिएको छ । नागरिक सहायता कक्ष संचालन गरेको उप–महानगरपालिकामा दैनिक कर्मचारीहरुको कामको प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृतलाई बुझाउनुपर्ने नियम बनाइएको छ । नागरिक सहायता कक्ष मार्फत कर्मचारीले दिनभर गरेको कामको प्रतिवेदन पुग्ने गरेको छ । यसैगरी कार्यालयबाट हुने काम छिटो छरितो र सेवाग्राहीमैत्री बनाउन कार्यसम्पादन सम्झौता गर्ने तयारी गरिरहेको छ ।
प्रमुख प्रशासकीय अधिकृत हरी प्याकुरेलले नगर प्रमुख डा. धवलशम्शेर राणासँग कार्य सम्पादन सम्झौता गर्ने, शाखा प्रमुखले प्रमुख प्रशासकीय अधिकृतसँग सम्झौता गर्ने र अन्य कर्मचारीले शाखा प्रमुखसँग कार्य सम्पादन सम्झौता गर्ने तयारी गरिएको छ । उपमहानगरपालिकामा विद्युतीय हाजिरीसँगै कर्मचारीका लागि लगबुक समेत राखिएको छ । कर्मचारीले विदामा बस्दा अनिवार्य स्वीकृतिसँगै आफ्नो अनुपस्थितीमा काम गर्ने कर्मचारी समेत दिनुपर्ने नियम राखिएको छ ।
हरेक उप–महानगरपालिकाबासीको स्वास्थ्यमा ध्यान दिदै कार्यालयमा स्टाफनर्स सहित निशुल्क स्वास्थ्य चेकजाँचको ब्यवस्था गरिएको प्याकुरेलले बताउनुभयो । उप–महानगरपालिकाले सेवाग्राहीका लागि पिउने पानीसँगै बस्ने ठाउँको पनि ब्यवस्था गरेको छ । गुनासो आएको ५ मिनेटभित्रै सम्बोधन हुने गरि तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले बताउनुभयो। कार्यालयभित्रै गमलामा हरित विरुवा राखेको उप–महानगरपालिकाले शौचालयको सरसफाईमा विशेष ध्यान दिइएको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत प्यकुरेलले नेपालगञ्जलाई राम्रो र उत्कृष्ट बनाउन आम नगरबासीको सुझावको अपेक्षा गरेको बताउनुभयो ।
Advertisement