भेरी अस्पतालमा रेबिजबिरुद्धको भ्याक्सिन अभाव
प्रकाशित मिति : २०७६, १४ श्रावण मंगलवार १४:५४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । भेरी अस्पतालमा रेबिजबिरुद्धको भ्याक्सिन अभाव भएको छ। अस्पतालमा उक्त भ्याक्सिन अभाव भएपछि आउने सर्बसाधरणहरु महङ्गो शुल्क तिरेर उपचार गराउन बाध्य भएका छन्। अस्पतालले रेबिजविरुद्धको भ्याक्सिन निःशुल्क दिँदै आएपनि अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिन सकिएपछि बाहिरको क्लिनिकमा गएर भ्याक्सिन लगाएको राप्तीसोनारी गाउँपालिका–६ टेपरीका श्यामप्रसाद थारुले बताए ।
स्वास्थ्य सेवा विभागले भ्याक्सिन पठाउन ढिलाइ गर्दा अभाव भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. रुपानन्द अधिकारीले जानकारी दिए । साउनको शुरुवातदेखिनै अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिन सकिएको हो । भ्याक्सिन बोक्ने एसीसहितको भ्यान बिग्रिएकाले पनि भ्याक्सिन ल्याउन ढिलाइ भएको भन्दै डा.अधिकारीले केही दिनभित्रै सेवा उपलब्ध हुने बताए।
Advertisement