भेरी अस्पतालको इमरजेन्सी बिभागमा जनशक्ति अभाबमा बिरामीलाई समस्या
प्रकाशित मिति : २०७६, १६ श्रावण बिहीबार १९:०६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।भेरी अस्पतालको इमरजेन्सी बिभागमा आबश्यक जनशक्ति नहुदा बिरामीलाई समस्या पर्दै आएको छ। चिकित्सक अभावका कारण अत्यावश्यक सेवाकालागि अस्पताल पुग्ने अधिकाशं विरामीहरुले जोखिम मोल्दै आएका छन ।भेरी अस्पतालमा उपचारको लागि भर्ना भएका नेपालगन्ज उपमहानगरपालिका ५ का २६ वर्षीय नोसाहद सेकले आफु भर्ना भएदेखि १ पटक मात्र डक्टर आएको बताए । प्राय डक्टर नआउने आएपनि कुनै वास्ता नगर्ने गरेको सेकले गुनासो गरे ।
Advertisement
त्यस्तै जिल्ला दाङ तुल्सीपुर नगरपालिका १४ की २२ वर्षीया लक्ष्मी चौधरीले बारम्बार डकटरलाई बोलाउन जानुपर्ने बाध्यता रहेको बताईन । ‘डक्टरहरु आफै आउँदैनन्, बिरामी आफै बोलाउन जानुपर्छ’ चौधरीले भनिन, ‘डक्टरहरुको ब्यवहार समेत विरामीमैत्री छैन ।’
भेरी अस्पतालमा पर्याप्त कर्मचारी नहुँदा विरामीलाई सेवा दिन समस्या भएको भेरी अस्पतालमा कार्यरत डक्टर मुकेश चौधरीले बताए । आफुसहित ३ जना कर्मचारीले मात्र इमरजेन्सीमा सेवा दिइरहेको चौधरीले बताए । प्रत्येक दिन अस्पतालमा २०० विरामी उपचारकालागि आउने गरेको बताउादै चौधरीले भने, ‘विरामीको चाँप बढेकाले प्रभावकारी र छरितो सेवा दिन सकिएको छैन ।’ इमरजेन्सी कक्षमा प्रयाप्त शैया नहुँदा बेन्चमै उपचार गर्नुपर्ने बाध्यता रहेको चौधरीले बताए ।
ईमेरजेन्सीमा १ डक्टर १ अहेव र १ जना सहयोगी गरेर ३ जना कर्मचारी मात्र भएकोले थप कर्मचारी माग गरेपनि हालसम्म कुनै सुनुवाई नभएको अस्पतालमा कार्यरत अहेव केशर अलिले बताए । उनले इमरजेन्सीमा ३ जना कर्मचरीले मात्र सेवा दिन गाह्रो भएकोले आवश्यकता अनुसार दरवन्दी खुलाउन समेत माग समेत गरे ।