नेपालगन्ज उपमहानगरपालिकाले सञ्चालनमा ल्याएका सार्बजनिक घुम्ती शौचालय थन्किए
प्रकाशित मिति : २०७६, १७ श्रावण शुक्रबार १२:१५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले सञ्चालनमा ल्याएका सार्बजनिक घुम्ती शौचालय अहिले थन्काएको अवस्थामा रहेका छन् । केही समय चोकचोकमा राखिएका घुम्ती शौचालय लामो समयदेखि जिल्ला समन्वय समितिको सवारी पार्किङ्गमा थन्काइएको छ । शौचको समस्या हटाउन नेपालगञ्ज उपमहानगरपालिकाले ५९ लाखको लागतमा ४ वटा घुम्ती शौचालय ल्याएको थियो । ती शौचालयलाई शहरका भिडभाड हुने चोकमा राखिएको थियो ।
Advertisement
ठेकेदार मार्फत सञ्चालनमा गरिएका घुम्ती शौचालय प्रयोग गरे वापत निश्चित शुल्क दिनुपथ्र्यो ।तर,कसैले त्यसरी पैसा दिन नमानेपछि ठेकेदार आफैले शौचालय सञ्चालन गर्न इच्छा देखाएनन्। सञ्चालन खर्च नै नउठ्ने देखिए पछि शौचालय थन्काउनुपरेको हो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्याकुरेलले उपयोग बिहिन भएर शौचालय नथन्काएको बताए । ‘पैसा नतिर्ने समस्या देखिएकै हो । तर त्यही कारणले थन्काउनुपरेको भने होइन ।’ प्याकुरेलले भने–‘अब हामी अलि फरक तरिकाले त्यसको उपयोग गर्छौ ।’
प्याकुरेलका अनुसार, सभा समारोह, महोत्सव जस्ता कार्यक्रमका लागि घुम्ती शौचालय एकदमै उपयोग िसावित भएको छ । उनले भने,–‘आठौ राष्ट्रिय खेलकुदमा त असाध्यै उपयोगी सावित भयो । अब हामी मुख्यरुप यस्तै कार्यक्रममा प्रयोग गर्छौ ।’ कार्यक्रमका साथै नेपालगञ्ज भन्सार, बसपार्क जस्ता क्षेत्रमा पनि घुम्ती शौचालय राख्ने तयारी गरिएको छ ।