“शौचालय जादा बान्ता आउला झै हुन्छ”…
प्रकाशित मिति : २०७६, १७ श्रावण शुक्रबार १७:४७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।नेपालगन्जको प्रहरी ब्यायामशालाको भाडामा दिइएको भवनको शौचालय अति दयनिय अवस्थामा रहेको छ। महिनाको २५५०० रुपैयाँ भाडा तिरेर ब्याबसायी गर्ने ब्यापारीहरुले त्यहाँको शौचालयमा शौच गर्दानि मुख थुनेर गर्नुपर्ने अवस्था छ। अझ कुनै रुघा लागेको ब्यक्ति ५ मिनेट सम्म त्यस शौचालयमा बस्यो भने रुघानै ठिक हुने दुर्गन्ध छ ती शौचालयमा।२९ वटा सटर रहेको लामो भवनमा २ ब्लक गरि जम्मा ६ वटा शौचालय रहेका छन् ।
Advertisement
अहिले दक्षिण तर्फ रहेको ३ वटा शौचालय खुल्ला रहेपनि एकदमै दुर्गन्धित रहेका छन् ।ब्यापारीहरु भन्छन् ,” शौचालय जादा बान्ता नै आउला जस्तो हुन्छ तर जानै पर्ने बाध्यता छ।” लामो समयसम्म पनि ती शौचालय यस्तै अवस्थामा रहेका छन् । यति मात्रै होइन ५ मिनेट शौचालय भित्र बस्दा दुर्गन्धले सास फेर्नै गारो हुने हुँदा लङ ट्वाइलेट गर्नु पर्यो भने घरमै जानू पर्ने बाध्यता रहेको एक जना ब्यापारीले बताए। पटक पटक सटर ठेक्का लिएका ठेकेदारलाई शौचालय पुनर्निर्माण र ब्यबस्थित गर्न ब्यापारीहरुले जानकारी गराउदा पनि कुनै सुनुवाइ नभएको बताउछन् २५५०० भाडा तिरेर बस्ने बिबश ब्यापारीहरु।
केही समय अघि मात्र सटर ठेक्काको जिम्मा पाएका अब्दुल रहेमान मियाँले अहिले तीन वटा शौचालयको पुनर्निर्माण कार्यजारी रहेको बताए। आफुले शौचालयको मर्मत कार्य सुरु गरिसकेको उनले बताएका छन् । उनले भने मथिल्लो पहिलो ब्लकका ३ वटा शौचालयहरुको अहिले मर्मत कार्य जारी छ ।उनले त्यहाँ टाइल लगाउने काम जारी छ र अरु बाकी तीन शौचालय पुरै मर्मतका साथ ब्यबस्थित हुने कुरा बताए।