पार्टी छोड्ने लिखित कागज गरेर हिरासतबाट मुक्त हुदै बिप्लब कार्यकर्ता
प्रकाशित मिति : २०७६, १८ श्रावण शनिबार १०:३४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
जाजरकोट।विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पार्टी छोड्ने लिखित कागज गरेर हिरासतबाट छुट्ने गरेका छन् ।पक्राउ परेकामध्ये तीन जना विप्लव समूह छाड्ने लिखित कागज गरेर छुटेको प्रहरीले जनाएको छ ।उनीहरु पक्राउ परेपछि कम्तीमा दुई हप्ता हिरासत बसेर विप्लव समूह छाड्ने कागज गर्दै रिहा हुने गरेका छन् ।
Advertisement
विप्लवका कार्यकर्ता छुटाउने नेपाली काङ्ग्रेसका नेताको ठूलो दौडधुप हुने गरेको छ । विप्लव समूहका डोल्पा इञ्चार्ज भन्दै पक्राउ परेका वीरबहादुर खड्का पार्टी छोड्ने कागज गरेर रिहा भएका थिए। त्यस्तै छेडागाड इञ्चार्ज कैलास पुन, भेरी ब्यूरो सदस्य हरिचन्द्र जैसीलगायतका नेता तथा कार्यकर्ता कागज गर्दै रिहा भएका हुन् ।
विप्लव समूहको गैरकानूनी क्रियाकलापमा संलग्न नहुने र संविधान मान्ने भन्ने उल्लेख गरी उनीहरु छुटेका छन् । त्यस्तै भेरी ब्यूरो सदस्य जैसी सत्तारुढ दल (नेकपा)मा प्रवेश नै गरेका छन् ।