“गुरही” पर्व नेपालगन्जमा भव्य रुपमा मनाईने
प्रकाशित मिति : २०७६, १८ श्रावण शनिबार २१:१७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
भगतराम थारु/नेपालगन्ज।थारु समुदायको पहिलो चाड “गुरही” पर्व २०७६ नेपालगन्जमा भव्य रुपमा मनाउने भएको छ । यही साउन २० गते थारु समुदायहरुले बिशेष पर्वको रुपमा मनाउने गुरही पर्व थारु समुदायको पहिलो पर्व भएको हुनाले तामझामका साथ यो पर्व मनाउने थारु अगुवा बुद्धिजिवीहरुले बताएका छन् । थारू कल्याणकारिणी सभा बाँके, थारु पत्रकार संघ नेपाल बाँके, थारु विद्यार्थी परिवार बाँके र थारु कलाकार मंच बाँकेको सयुक्त आयोजनामा हुने गुरही पर्वमा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुती गरिने थारु कल्याणकारिणी सभा बाँकेका अध्यक्ष विनोद चौधरीले जानकारी दिनुभयो । यस पर्वलाई भव्य र सभ्य बनाउन विभिन्न जिल्लाबाट नेपालगन्जलाई कर्मथलो बनाएका थारु समुदायका युवायुवती, अगुवा, बुद्धिजिवी, कर्मचारी, नेताहरुलाई समेत उपस्थिति गराएर गुरही पर्व भव्य रुपले मनाउने योजना रहेको अध्यक्ष चौधरीले भन्नुभयो । थारु जतिहरुको पर्वको शुरुवात गुरही पर्वबाट हुने भएकाले यस पर्वलाई बिशेष पर्वको रुपमा मनाउने योजना रहेको अध्यक्ष चौधरीले भन्नुभयो । थारु समुदायमा ‘गुरही’ मनाउनुको अर्थ, नाग बाबालाई पुजागर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, दुःखको बज्रपात नपर्ने, रोगव्याधी र महामारी घरमा प्रवेश नगर्ने विश्वास गरिने गरेको थारु अगुवाहरुको भनाई छ । मनको शान्ति र उच्च विचारले मनाउने पर्वहरुले मनको शान्ति र अमनचयन दिने चौधरीले भन्नुभयो । गुरही पर्वलाई थारु संस्कृतिको धार्मिक पक्षसँग तुलना गर्दा बढी उपयुक्त रहेको उहाँको भनाई छ । थारु समुदायमा चाडपर्वहरु जमेर मनाइने गरिन्छ । गाउँघरका सबै नागरिक एकै थलोमा जम्मा भएर गुरही मनाउनु आफैमा थारु एकताको विषय हो । गुरही पर्वदेखि नै चाडपर्व सुरु हुने भएको हुनाले यसलाई एकताको सन्देशको रुपमा मनाउन सक्नुपर्ने धारणा थारु पत्रकार संघ नेपाल बाँकेका अध्यक्ष भगतराम थारुले राख्नुभयो । गुरही पर्वलाई भव्य बनाउन थारु पहिरनमा सजिएर सांस्कृतिक कार्यक्रमलाई समेत जोड दिने अध्यक्ष थारुले भन्नुभयो । गुरही पर्वमा विशेष सम्मानका साथ विभिन्न परिकार खुवाएर पर्व मनाउने चलन रहेको छ ।
Advertisement