मंसिरभित्र कांग्रेसले क्रियाशील सदस्यता वितरण गर्ने
प्रकाशित मिति : २०७६, १९ श्रावण आईतवार १६:२१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं । मंसिरभित्र नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने भएको छ।नयाँ सदस्यता बाँड्ने र पुराना सदस्यता नवीकरण गर्ने काम सकेपछि केन्द्रीय कार्यसमिति बैठकले १४ औं महाधिवेशनको मिति घोषणा गर्ने सहमति भएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
Advertisement
वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले नै महाधिवेशनको कार्यतालिका प्रकाशित गर्नुपर्ने अडान राखेपछि सभापति शेरबहादुर देउवाले कार्यकाल सकिन सात महिना बाँकी हुँदा नै महाधिवेशनको मिति तय गर्न नसकिने बताएका थिए।
सभापति देउवा, वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच विधान अनुसार देशैभर अन्तरिम संरचना बनाउने, मंसिरभित्र क्रियाशील सदस्यता नवीकरण गर्ने र त्यसपछि बस्ने केन्द्रीय समितिले महाधिवेशनको मिति तय गर्ने सहमति भएपछि कांग्रेसमा देखिएको विवाद तत्कालका लागि मत्थर भएको छ।
सभापति देउवाको चार वर्षे कार्यकाल फागुनमा सकिँदैछ। सभापति देउवाले विधानमा भएको व्यवस्थाअनुसार नै एक वर्ष कार्यकाल थप गर्ने बताइसकेका छन्। कांग्रेसले १३ औं महाधिवेशनका बेला बनेको पार्टी संगठनको स्थानीय संरचनालाई रूपान्तरण गर्दै संघीय संरचनाअनुसार अन्तरिम संरचनाको कार्यलाई छिट्टै अघि बढाउनेसमेत निर्णय गरेको हो।