नर्सिङ पढाउने कलेजले अबदेखि एक सय शैयाको अस्पताल अनिवार्य सञ्चालन गर्नुपर्ने
प्रकाशित मिति : २०७६, २० श्रावण सोमबार १८:४३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । नर्सिङ पढाउदै आएका कलेजले अबदेेखि एक सय शैयाको अस्पताल सञ्चालन गर्नुपर्ने भएको छ। ५० शैया सञ्चालनका लागि स्वीकृति लिएका अस्पताल देखाएर ४० जना विद्यार्थी पढाउँदै आएका कलेजलाई यो नियम लागू भएको हो।नेपाल नर्सिङ परिषद्ले आर्थिक वर्ष २०७७/७८ भित्रमा आफ्नै एक सय शैया अस्पताल सञ्चालन गर्न निर्देशन दिएको हो।‘५० शैया मात्र स्वीकृत भएको सरकारी वा निजी अस्पताल देखाएर ४० जना विद्यार्थी भर्ना भई सञ्चालनमा रहेको सम्पूर्ण नर्सिङ कलेजलाई आफ्नै सय शैयाभन्दा माथिको अस्पताल व्यवस्था गर्नुपर्ने नभए विद्यार्थीको सिटसंख्या कटौती गरिनेछ,’ परिषद्ले साउन २ गते गरेको निर्णयमा भनिएको छ।
Advertisement