मेयर र उपमेयर बिच झडप ,उप-प्रमुख झा घाइते
प्रकाशित मिति : २०७६, २१ श्रावण मंगलवार १९:०८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
जनकपुर। मेयर र उपमेयरको बिबादको बिषयले मंगलबार झडप भएको छ।धनुषाको हँसपुर नगरपालिकाका मेयर र उपमेयरबीच कार्यालय सार्ने विषयलाई लिएर विवाद चर्किएको छ।धनुषा प्रहरीका अनुसार मेयर प्रमुख रामज्ञान मण्डल पक्षधर र उप्रमुख रेणु झा पक्षधरबीच ढुंगा हानाहान हुँदै झडप भएको हो।
Advertisement
हँसपुर नगरपालिकको साबिकको कार्यालयबाट सामान सार्न गएको मेयर मण्डल र झा समूहबीच ढुंगा हानाहान भएको र त्यसपछि झडप भएको प्रहरी उपरीक्षक शेखर खनालले बताए।
झडप नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज र टियर ग्यास प्रहार गरेको छ। हँसपुर नगरपालिकाका मेयर र उपमेयरबीच लामो समयदेखि विवाद रहँदै आएकोमा मेयर मण्डलले केही दिनअघि बेलीमा कार्यालय सारेका थिए।
सामानहरू सार्न नदिई उपमेयर झाले पुरानो कार्यालयमा ताला लगाइदिएकी थिइन्। सो ताला फोडेर सामान सार्न शान्तिसुरक्षा माग्दै मण्डलले प्रशासन गुहारेका थिए।
‘प्रशासनको सहयोग लिएर प्रहरीसाथ ताला फोड्न गएको मेयर समूहमाथि झाको समूहले ढुंगामुढा गरेको थियो,’ प्रहरी उपरीक्षक खनालले भने, ‘भीड नियन्त्रण गर्ने क्रममा सशस्त्र प्रहरीले दुई राउन्ड टियर ग्यास हानेको हो। प्रहरीले लाठीचार्ज गरेको छैन।’
झडपमा परी उपप्रमुख झासहित, हँसपुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष उदय साह, स्थानीय तपेश्वर मण्डल, फेकन कापर र उपप्रमुखका गाडी चालक पुण्य खत्रीलगायत आधा दर्जन घाइते भएका छन्।